तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल वालिङ, मिर्दी

मानिसहरू विकास क्रममा कहिले खानाको खोजीमा, सुरक्षाको खोजीमा त कहिले वासको खोजीमा धुम्ने गर्थे । सभ्यताको सुरुवात संगै  तीर्थ यात्रा र वन्द व्यापारको लागि पनि मानिस एक ठाँउबाट अर्को ठाउँमा विचरण गर्न थाले ।  वाटोमा खान वस्नको लागि लत्ताकपडा, भाँडाकुडा र अन्न समेत  कुनै सजिलो भाँडोमा वोक्न पर्ने हुन्थ्यो, तव त्यतिखेर कपडाको वर्कोमा पोको पारेर वा कुनै डोरा, रेसा, चोयाले वुनेको भाँडोमा वोक्थे होलान ।

क्रमशः  पाँचौ र सातौ सताव्दीमा चीनिया  यात्री फाहियान र हुएनसाङ नेपाल भारत श्रीलंका भ्रमण गर्न आउँदा  चोयाले वनेको अग्लो पेटारीमा आँफ्रनो सामान वोकेर हिडेका चित्रमा देख्न सकिन्छ । कुन्तीले  आफ्नो छोरा कर्णलाई सुनको वाकसमा राखेर नदीमा वगाएको कथा छ महाभारतमा, यसर्थ त्यतिवेला काठ छाला तथा धातुबाट वाकस वनाइ प्रयोगमा आएको हुनसक्ने अनुमान गर्न सकिन्छ । 

भगवान राम, पर्शुराम अर्जुन जस्ता धनुर्धारी योद्धाहरूले आफ्नो धनुष हातमा लिएर वाँण ठोक्रोमा राखी कुहिनामा वोकेर हिँड्थे,त्यतिवेल लहरा चोयाबाट त्यस्तो भाँडो वन्थ्यो होला । यसरिनै क्रमशः आवस्यक्ता, उपलव्ध श्रोत र तात्कालीक सीप कौशलका आधारमा राखनधरनको लागि पोको,थैलो, झोला, पेटारी, पेरूङ्गो ,सन्दुक हुदै आजको सुटकेस युग सम्म आयौ । हामीले नै देख्यौ ५०। ५५ वर्ष अगाडि सम्म पैदल होस वा  वस ट्रकबाट यात्रा गर्दा यात्रीले झोला,थैला, टीनका वाकस, डोकी, सोली पेटारीमा  आवस्यक सामान राखेर लिएर हिड्ने गर्दथे । 

लाहुरबाट आउनेहरुले टिनका सेता वाकस र अलिपछि गत्ता तथा पलाष्टिकबाट वनेका अटैंची सुटकेस र छरिता झोलाहरु लिएर आउन थालेका थिए ।  देश भित्र पनि व्यापारी जागिरे तथा शासकहरुले यस्ता वाकस, व्रीफकेस अटैंचीहरुको प्रयोग गर्ने चलन वढ्दै गयो । सन्त नेता कृष्ण प्रसाद भट्टराइजीको परिचय संगै काँधमा छाता, एउटा हातमा सुरही र वाकस लिएको देखिन्छ नि त्यही समयको प्रतिक हुन पर्दछ सायद ।

सुटकेस विकिपेडियाका अनुसार १२ औ सताव्दी ताकाको कुसेडसको लडांइमा आउने रोमन लडाकुहरुले  हतियार लत्ताकपडा ट्रलीमा राखेर ल्याउने गरेको कुरा उल्लेख छ । आधुनिक कालको उन्नाइसौ सताव्दीको सुरूमा एक देश र ठाउँबाट धेरै मात्रामा अर्को देशमा पर्यटन गर्न थालेपछि आधुनिक लगेज वाकसहरुको प्रयोग वढ्यो। त्यतिवेला  काठ, अल्मोनियम तथा छालाबाट वनेको वाकसहरू  गह्रुङगो हुन्थ्यो ।  १९३० बाट प्लाष्टिक र डफटीका हलुका वाकस वा सुटकेसहरू वन्न थालेको थियो । 

सन १९७० पछि पाङ्ग्रा भएका सुटकेस तथा वाकसहरू वन्न थाल्यो त्यसलाइ ह्यान्डलमा समातेर गुडाउन पाइने सुविधा भयो वोक्न परेन । जहाज, रेल गाडीमा यात्रा गर्दा लगेज नसाटियोस,  नहराओस भन्नकालागि व्याग तथा अटैंचीमा यात्रीको नाम लेख्ने,ट्याग लगाउने व्यवस्था भयो । लगेजलाइ  ठूलो सानो वनाउन मिल्ने ,चापी लगाउने सिस्टमहरु पनि वन्यो । यातायात साधनको विकास भए संगै विभिन्न उदेश्यले यात्रा गर्ने क्रम जसरि वढिरहेको छ, यात्रीका आँफ्रना लगाउने लत्ता कपडा कागज पत्र वोक्ने झोला व्याग र सुटकेश र ट्रलीहरु पनि आधुनिक, आकर्षक र छरितो खालको वन्दै छ 

 

व्यवसायको विविधिकरण र जीवन ढाँचा वदिलए संगै सुटकेस, व्रिफकेसको प्रयोग सौख होइन अत्यावस्यक भैसकेको छ र प्रयोग वढ्दो छ । प्रविधिको विकास, पढाइ, व्यापार तथा वसाँइको स्थानान्तरण, क्रयशक्ती,पर्यटन तथा व्यापारमा वढोत्तरी यसका कारण हुन    नेपाली वजारमा अमेरिकन टुरिस्टर,साम्सोनाइट, सफारी, भिआइपी, डेल्से  रिमोभा जस्ता व्रान्डका सुटकेसहरु धेरै विक्री हुन्छ । 

हाम्रो आँफ्रनै देशमा सायद अहिले सम्म ससाना कपडा र सेन्थेटिक हाते झोला र व्याग सम्म वनेका होलान तर सुटकेस वनेका छैनन तर सुटकेस नेपाली युवाको परिचय भने वनिरहेको छ किनभने भए जतिका विदेस ओइरिन थालेकोले नेपालमा लगेजको वार्षिक कति व्यापार हुन्छ रेकर्ड छैन होला तर अमेरिकी एक रिसर्च संस्थाका अनुसार सन्सारभर हाल १५९ विलियन अमेरिकी डलरको लगानी लगेज क्षेत्रमा छ । विश्व वजारमा सन २०२१ मा करिव १६ विलियन डलरको लगेज विक्री भएको अनुमान गरेका छन। 

कोरोनाको महामारी अगाडि सन २०१८ मा २२ विलियन डलरको विक्री भएको थियो । अमेरिकाको ट्राभल विजिनेस मध्ये करिव ४४ प्रतिशत हिस्सा त लगेज व्यापारले मात्र ओगटदो रहेछ । नेपालको सुटकेस तथा लगेज बजार र खपत लाई हेर्दा यस्ता सुटकेस उत्पादन गर्नै हो भने धेरै विदेशी मुद्राको वचत हुने र रोजगारी सिर्जना हुनेथियो ।  तर आज मैले यहाँ उठाउन खोजेको विषय के हो भने आकर्षक झोला, सुटकेस अटैंची वा व्रीफकेस वाकेर हिड्रने जो कोहीलाइ देखेपछि हामीमा पनि पर्यटन गर्ने देश विदेश जाने चाहना जागृत हुन्छ ।  

विदेश मध्ये पनि युरोप अमेरिका जापान जान पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो हामी धेरैलाई सुटकेस सहितका यात्रीलाइ देख्दा । सवैका छोराछोरी जाँदा आँफ्रना पनि पठाउन पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । पहिलो सन्तान पाठउँन पाउँदा म पनि त्यसरि नै रोमान्चित  थिएँ । एउटा गएपछि  अरु त यतै सेट गराउन प्रयास गरेँ तर रोक्न सकिएन, जाँदै गरे ।   एक सन्तान त आडभरोसाको लागि वस्लान नि  भनेको त  कान्छो छोरा ले पनि उतै जाने योजना मिलाई सकेका  रहेछन । तब बाबुले जाने तयारीको लागी सामान  राख्न बजारबाट सुटकेस किनेर घर ल्याउदै गरेकोदिन, त्यस नयाँ सुटकेस संग साक्षात्कार हुदा म  यति धेरै तर्से कि कुरै नगरौ ।  तसर्थ आजकल  त वजारमा वेच्न राखेका सुटकेस  देख्दा पनि मन अमिलो भएर आउन थालेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …