तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद एनआरएनए मलेसियाले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार मलेसिया स्थित क्वालालम्पुर स्थित होला ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापको अध्यक्षतामा र नेपालीका लागि नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराम पौडेलको प्रमुख अतिथिमा साथै मलेसियामा रहेको विभिन्न संघ संस्थाको बिच विभिन्न संस्कृतिक कार्यक्रम गरि तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका प्रथम सचिव बिलराम प्रसाद धामी, दुतिय सचिव प्रेम बहादुर बुढाथापा, श्रम काउन्सिलरका भोलानाथ गुरागाई, श्रम सहचारी दिलीप खड्का, तृतीय सचिव निर्मला केसीको उपस्थिति रहेको थियो भने। त्यस्तै एसिया प्यासिफिकका सह संयोजक हरि प्रसाद भट्राई, संकर बहादुर पौडेल, क्लान येसोसियन संस्थापक रोशन राणाको उपस्थिति रहेको थियो ।

त्यसैगरी अतिथिहरुमा रिया मनि ट्रान्सर्फमरका कन्ट्री म्यानेजर मलेसियाका रमेश चौलागाई, एक्रोश ट्राभल्सका डाइरेक्टर मन्दिप भट्टराई, नेपाल एयरलाइन्स कन्ट्री म्यानेजर मलेसियाका राज राउत, बिजनेस सोसाइटीका इश्वर लाल श्रेष्ठ, वैदेशिक रोजगार व्यवसायिक संघ मलेसियाका कमल गौतम, जिपिएल रेमिटान्सका इन्द्र गिरि हिमालय एकेडेमी मलेसियाका सन्तोष भट्ट, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, अन्तराष्ट्रिय रोल्पाली समाज मलेसियाकि उपाध्यक्ष लाल कुमारी रोका, तामाङ घेदुङ मलेसियाका अध्यक्ष मिलन थिंग तामाङ, किरात राई यायोक्खा शाखा मलेसियाका अध्यक्ष तेज कुमार राई, हेल्प मधेसी मलेसियाका सुरेन्द्र महतो, नेपाल मगर संघ मलेसियाका ऋषि राना, सुदुर पश्चिमेली नेपाल समाज मलेसियाकाका अध्यक्ष दिनेस खड्का, थारु कल्याणकारिणी सेवा समाज मलेसियाका राधा राना थारु लगायत विभिन्न संघ संस्था व्यावसायिक श्रमिक नेपाली दिदीबहिनी दाजुभाइ र राजनीतिक दलहरुको समेत उपस्थिति रहेको थियो ।
तिज विशेष कार्मलाई सोभा बढाउन र रमाइलो मनोरञ्जन दिन नेपाल बाट राष्ट्रिय कलाकारहरु सबिता तामाङ सिङ्गर एण्ड डान्सर, अनु पराजुली एक्टर मोडल, भावना आचार्य सिङ्गर, र डान्सर जुना कार्की लगायत स्थानीय कलाकार हरुले संस्कृति कला प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाका महिला उपाध्यक्ष लिला मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचाल संघका उपाध्यक्ष हेमराज साप्कोटाले गर्नुभएको थियो ।

त्यसैगरी उक्त तिज विशेष कार्यक्रमलाई रिया मनि ट्रान्सर्फमर र एक्रोश ट्राभल्सले प्रयोजक गरेका थिए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …