तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । बझाङ्ग जिल्ला केदारस्युँ गाउँपालिका वडा न ७ घर भएका ३२ वर्षिय दिपक धामिलाई सुदुपश्चिमेली समाज मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वयमा बुधबार बिहान स्वदेश फर्काएको छन् ।

मानसिक सन्तुलन गुमाएका धामि मलेसियामा सामान्य मार्केट हेल्परको रुपमा काम गर्दै आएका थिएँ उनलाई सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको पहल र राजदूतावासको सहकार्यमा हिमालयन एयरलाइन्स माफर्त बुधबार विहान ५:४५ बजे नेपाल फर्काएका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का ‘खप्तडिको अनुसार धामिलाई मलेसियामा उपचार गराउन आर्थिकको कारण सम्भव थिएन उनका परिवारले बिरामीलाई नेपालमा पठाइदिन आग्रह गरे उनलाई नेपाल पठाउन ठुलो संघर्ष गर्नु परेको खड्काले बताउनु बताए ।

नेपाली राजदूतावास मलेसियाका प्रथप सचिव प्रेम बहादुर बुढथापा र टेक बहादुर बुढा आफैंले नेपाली राजदूतावासको गाडिमा बिरामीलाई बिमानस्थलमा ल्याउन र पुर्याउन ३ पटक त फर्किनु पर्यो। यति सम्म कि बोर्डिङ पास भैसकेको बिरामीलाई नेपाल एर्लाईन्सका चालक (क्याप्टेन) ले धामिलाई स्वदेश फर्काउ मानेन ।

उनलाई नेपाल वायुसेवा निगम मलेसियाका कर्मचारीले तिन/ तिन पटक आवश्यक बिरामीको सम्पुर्ण प्रक्रिया पुरा हुदा पनि अन्यकौ बाहाना गर्दै स्वदेश फर्काउन नसकिने बताएपछि चार चोटिको बिचमा धामीलाई बुधबार नेपाली राजदूतावास मलेसियाका प्रथप सचिव बलिराम प्रसाद धामि र टेक बहादुर बुढा आफैंले दुताबासको गाडिमा बिरामिलाई लिएर बिमानस्थल पुगेर हिमालयन एयरलाइन्स मार्फत  स्वदेश फर्काएको अध्यक्ष खड्काले बताउनु भयो  ।

धामी वैदेशिक रोजगारीको लागि मलेसिया आएको १८ महिना मात्र भएको थियो उनको जेनतेन घरपरिवार चलाउन गुजारा गरिरहेका थिए। उनि सुरुवातको समयमा सामान्य थिए मेडिकलको औषधि खाईरहेका थिए तर उनि एकाएक आफ्नो मानसिक सन्तुलन गुमाउन पुगे दुई चार दिनको आराम र अस्पतालको औषधिले उनको केही सन्चो हुँदैन थियो। त्यसैले जसरी पनि नेपाल फर्काउनु पर्ने थियो फर्काउन सफल भयौं अध्यक्ष खप्तडिले बताए ।‌

धामिलाई नेपाल फर्काउनमा सहकार्य गर्ने नेपाली राजदूतावास मलेसिया र दुतावासका कर्मचारी, बिरामीका परिवार आफन्तहरू, सुदूरपश्चिमेली नेपाली समाज साउदीका उपाध्यक्ष चक्र मल्ल, हिमालय एर्लाईन्स मलेसियाका कर्मचारी र चालक (क्याप्टेन) साथै बिभिन्न अनलाईन मिडिया लाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …