तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुर्खेत । दशौदी समाज नेपाल केन्द्रीय समितिले २२ सदस्य संख्या रहने गरि हाललाई २० जनाको केन्द्रीय सल्लाहकार समिति घोषणा गरेको छ। गत चैत्र १८ गते  केन्द्रीय संस्थापन समितिको अनलाइन भर्चुवल माध्यमबाट बसेको पुर्ण  बैठकले  केन्द्रीय  समितिमा केन्द्रीय सल्लाहकारका लागि प्रस्ताव भएका २० जना सदस्यलाई अनुमाेदन गरेको हो ।

गत चैत्र १० गते संस्थापन केन्द्रीय समितिको बैठकले दशौदी केन्दीय सल्लाहकार समितिमा २२ सदस्य रहने र चैत्र १८ गतेको केन्द्रीय समिति बैठकमा सल्लाहकार समितिकालागी समाज नेपालको सदस्यता लगि सकेका सदस्यहरु भित्रबाट नामहरु प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

संस्थाले सल्लाहकार समितिका लागि नामहरु चयन गर्ने जिम्मा समाजका बरिष्ठ उपाध्यक्ष प्रकाश क्षेत्री, सचिव मनोजकुमार दशौदी र सह-सचिव लोकेन्द्र दशौदी  लगायतको टिमलाई दिएको थियो ।

उक्त टिमले सम्पुर्ण भुगाेल, याेग्यता, अनुभवमा आधारमा समितिका लागि नामहरु सिफारिस गरेकाे हाे ।

यस्तो छ अनुमोदित केन्द्रिय सल्लाहकारहरुको नामावल:-

०१] हरिन्द्र कुमार दशौँदी, ठाँटिकाँध ३ दैलेख
०२] केश बहादुर दशौँदी, ठाँटिकाँध ३ दैलेख
०३] रंग बहादुर क्षेत्री, ठाँटिकाँध ३ दैलेख
०४] दान बहादुर क्षेत्री, ठाँटिकाँध ३ दैलेख
०५] हरिहर दसौदी, महाबु ३ बाँसी, दैलेख
०६] धन बहादुर दशौँदी, महाबु ३ बाँसी, दैलेख
०७] प्रेम बहादुर दसुनी, वि.न.पा ४ सुर्खेत
०८] रत्न क्षेत्री वि.न.पा, १४ सुर्खेत
०९] लक्ष्मी बहादुर क्षेत्री, वि.न.पा ३ सुर्खेत
१०] मदन बहादुर क्षेत्री, वि.न.पा ६ सुर्खेत
११] बम बहादुर क्षेत्री, नेपालगन्ज २ बाँके
१२] इन्द्र बहादुर दशौँदी क्षेत्री, ठाँटिकाँध ३ दैलेख
१३] नगेन्द्र बहादुर दशौँदी, नेपालगन्ज ३ बाँके
१४] हेमराज दसौदी, रुन्टीगढी ५ रोल्पा
१५] भुपेन्द्र दशौदी, रुन्टीगढी ५ रोल्पा
१६] ओम प्रकास दसौदी, रुन्टीगढी ५ रोल्पा
१७] लुद्र बहादुर दसौदी, रुन्टीगढी ५ रोल्पा
१८] बिष्णु बहादुर दसौदी, रुन्टीगढी ५ रोल्पा
१९] बासुदेव दशौदी, खप्रेङ्गखोला ८ प्युठान
२०] सिताराम दसौदी, छाँयाक्षेत्र ८ गोदे, सल्यान

यस्तै, दशाैँदी समाज नेपाल, नेपाल सरकारवाट मान्यता प्राप्त एउटा विसुद्व नाफा वितरण नगर्ने सामाजिक संस्थाकाे रुपमा गत २०८० कार्तिकमा नेपाल सरकार समक्ष दर्ता भएकाे हाे ।

विशेष गरि दशाैँदी समाज नेपाल अधिराज्यभर छरिएर बसेका दशाैँदी क्षेत्री जात अन्तरगत रहेका सम्पुर्ण दशाैँदीहरुलाई एकताकाे एउटै मालामा उनेर दशाैँदीहरुकाे पहिचान स्थापितर गरि दशाैँदीहरुकाे बंसावली निर्माण गर्नुका साथै विभिन्न सेवामुलक सामाजिक कार्यहरु गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएकाे समामाजिक संस्था हाे ।

यसैगरी संस्थाका समितिमा अध्यक्ष सहित ११ जना सदस्य रहेका छन् जस्तै अध्यक्ष, भक्त बहादुर दशाैँदी, छन् भने समितिको उपाध्यक्षमा चेतन कुमार दशाैँदी, र वरिष्ठ उपाध्यक्षमा प्रकाश क्षेत्री रहेको छन् ।

त्यस्तै सचिवमा मनोज कुमार दशौदी, र सह-सचिवमा लोकेन्द्र कुमार दशौदी, रहेका छन् भने कोषाध्यक्षमा खम्बिरा केसी दशौदी, छन् भने सदस्यहरुमा क्रमशः राजन कुमार दशौदिु क्षेत्री, बसन्त दशौदी, गणेश कुमार दशौदी, उमेश दशौदी र सुर्य बहादुर दशौदी रहेका छन् ।

यस्तै, दशाैँदी समाज नेपालले संस्थाकाे बजेट निर्माणका लागि हाल हरेक केन्द्रीय समिति सदस्यबाट हरेक महिनाकाे मासिक बैठकमा मासिक लेवि उठाईरहेकाे छ भने नयाँ बन्ने हरेक सदस्यहरुबाट सदस्यता दस्तुर  २०० रूपैयाँका दरले संकलन गरिरहेकाे छ ।

दशाैँदी समाज नेपालले पहिलाे चरणकाे सदस्यता वितरण गत २०८० फागुन अन्तिमबाट राेकेकाे छ ।

संस्थाले दाेस्राे चरणकाे सदस्यता वितरण आउदाे २०८१ बैशाख १ बाट सुरु गर्ने संस्थाले जनाएकाे छ ।

हालसम्म सदस्यतामा समावेश भएका जिल्लाहरुमा : दैलेख, सुर्खेत, बांके, दाँङ, सल्यान, प्युठान, राेल्पा गरि ७ जिल्ला समावेश छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …