तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आइतवारबाट सुरु गर्ने चीन भ्रमणले सात वर्षअघि आफूले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई)प्रतिको नेपालको प्रतिबद्धताको वास्तविक परीक्षण गर्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्।

विभिन्न देशका महत्त्वाकाङ्क्षी विकास पूर्वाधारहरूमा लगानी गर्नेसहितको उद्देश्य बोकेको उक्त अवधारणा लगानीका ढाँचा र कार्यान्वयन योजना जस्ता विषयहरू टुङ्गोमा नपुग्दा नेपालमा कार्यान्वयनमा जान सकिरहेको छैन।

यसपालि परराष्ट्र मन्त्री श्रेष्ठले एक साताभन्दा लामो समय चीनको भ्रमण गर्दा पनि उक्त विषयमा सहमति नजुटे ‘आन्तरिक र बाह्य दबाब’का कारणले गर्दा नेपाल उत्साहित भएर उक्त चिनियाँ अवधारणामा गम्भीरतापूर्वक सहभागी नहुने ठान्नुपर्ने परराष्ट्र मामिलाका एक जना विज्ञले बताएका छन्।

चीन नेपाल सम्बन्धलाई नजिकबाट पछ्याउने एक जना चिनियाँ विज्ञले नेपालले अहिले आफूलाई ज्यादै जटिल भूराजनीतिक वातावरणले निम्त्याएको चलखेलको बीचमा पाइरहेको भन्दै बेइजिङले बीआरआईलाई सहायता कार्यक्रमका रूपमा परिणत गर्ने सम्भावना नरहेको बताएका छन्। बीबीसी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …