तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए) मलेसियाको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको उपनियोग प्रमुख मुदिता बज्राचार्यको प्रमुख आतिथ्यतामा र गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए) मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाको सभापतित्वता मलेसिया स्थित क्वालालम्पुरमा रहेको एनआरएनए मलेसियाको सभा हलमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाकि महिला संयोजक ईन्दु बस्नेतले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा मलेसियामा रहेको श्रमजीवी महिला दिदिबहिनी र विभिन्न संघसंस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थित रहेको थियो। भने कार्यक्रममा उपस्थिति सम्पूर्ण दिदीबहिनी लगायत संघसंस्थाका प्रतिनिधिका प्रतिनिधि हरुलाई बस्नेतले सामाजिक संजाल मार्फत धन्यवाद ज्ञापन गरेकि छिन् ।

यस् नारी दिवस संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले १९०९ फेब्रअरि २८ तारिख मनाउन सुरुगरेको थियो। सो पार्टीले १९०८ को अन्तर्राष्ट्रिय महिला श्रमिक कामदारको आन्दोलनको स्मरणगर्दै१९०९ फेब्रअरि २८ को दिन महिला दिवसको रुपमा यस् दिवसलाई मनाएको थियो ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा महिला दिवस मनाएको सुरुवाती इतिहास छ। सो पार्टीले सर्वप्रथम सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवसको रुपमा यस् दिवसलाई मनाएको थियो। त्यसपछि यो दिवसलाई फेब्रअरिको अन्तिम आईतबारको दिन मनाईन थालिएको थियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको इतिहास छ ।

उक्त समय यसको प्रमुख उदय महिलाहरुला मताधिकार दिनु थियो। त्यस समय महिलाहरुलाई मत दिने अधिकार कतिपय देशहरुमा थिएन। त्यसपछि १९१७ मा रसियाको महिलाहरुले यस् नारी दिवसमा गास बास र कपासको लागि हड्तालमा जाने निर्णय गरे संगै त्यसपछि अन्तरिम सरकारले महिलाहरुलाई मताधिकार दिएको थियो ।

उक्त समय जिलियन क्यालेन्डर अनुसार १९१७ फेब्रअरिको अन्तिम आइतबार २३ फेब्रअरि परेको थियो भने ग्रेगेरियन क्यालेन्डर अनुसार मार्च ८ तारिख थियो। त्यसैले ८ मार्चमा विश्व नारी दिवसको रुपमा मनाउन थालिएको थियो। भने नेपालमा प्रजातान्त्र प्राप्तिसंगै सन् १९५० अर्थात वि.सं. २००७ देखि नारी दिवस मनाउन थालिएको हो ।

सोही क्रममा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मलेसियामा पनि नेपाली महिला श्रमजीवी दिदीबहिनी र विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको बिच विभिन्न सांगीतिक संस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको साथ मनाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …