तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रेपलाञ्चाेक जिल्ला खानिखाेला गाउँपालिकामा पछिल्लो समयमा कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रबेस गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । ७ वडाहरू मध्ये ६ वटा वडामा नेपाल कम्युनिष्ट पार्टीले बिजय प्राप्त गरेको यस पालिकामा स्थानीय गाउँपालिका प्रमुख र निर्वाचित वडा अध्यक्षहरूको मनोमानी र निरङ्कुश शैलिका कारण नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रवेशिहरुको भनाइ छ ।

सम्पूर्ण क्षेत्रमा जनसहभागितामा नभई एकलौटी रूपमा स्थानीय जनप्रतिनिधिहरूले निर्णय गरेको र आफ्नो मनोमानी ढंगले बिकास निर्माण गरेको र विकास निर्माणमा चरम् लापवार्ही भएको तथा सम्पूर्ण योजनाहरू स्थानीय सरकार संचालन ऐन संग मेल खाने खालको नभयको स्थानीय जनताको आरोप छ ।

कम्युनिष्ट पार्टीले आफ्नो लागि मात्र गरेको र जनताको पक्षमा एक इन्च काम नगरेको भन्दै कम्युनिष्ट पार्टीले खानीखोलामा जनताको भावना अनुरुप काम नगरेको हुनाले आगामी निर्वाचनमा बढारिने पक्का छ भन्नु हुन्छ नेपाली कांग्रेसका स्थानीय नेता दोर्जेमान जिम्वा र टंक आचार्य ।

खानिखोला गा.पा ३ का प्रयास बल,नेत्र बल, लिला बल, पदम बल, मिलन त्यसै गरि २ को पाल्साङ थिङ, सरोज थिङ त्यसै गरि ३ का कान्छा लाल थिङ त्यसै गरि ४ का चन्द्र ब वाइबा लगायतका साथिहरु नेपाली कांग्रेसमा प्रवेश गर्नु भयको थियो। ने बि संघ काभ्रेका नेता प्रकाश वाईबाको सकृयतामा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका नव प्रवेशिहरूले राष्ट्रियता,लोकतन्त्र र समाजवादको पक्षमा एक मुठ्ठी सास र एक थोपा रगत छउन्जेल नेपाली कांग्रेसको लागि लागिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयको थियो।

सोहि अवसरमा नेता च्याप्साङ रूम्बाले गाउँ गाउँ वस्ति वस्तिमा अहोरात्र संगठन गर्ने नेता तथा कार्यकर्तालाई गुटको नाममा विभेद नगर्न केन्द्र तथा जिल्लाका नेताहरूलाई अनुरोध गर्नु भयको थियो र खानिखोला कांग्रेस एक ढिक्का भएर अगाडि बढिरहेको र दालमा ढुंगा आईपरेमा ढुंगा टिपेर फ्याल्ने र दाल सफा बनाउने जनाउनु भएको थियो। दुई दिन देखिको बर्षात,हिलो र पहिरोको सामान गर्दै आउनु भएका नेपाली कांग्रेस खानिखोलाको स्थानीय नेताहरूलाई गाउँपालिका अध्यक्षका उमेदवारहरु सादगि नेता गोपाल दर्लामीले एक पटक खानिखोला गाउँपालिका कांग्रेस मय भयको आफ्नो ईच्छा भयको हुनाले सोहि अनुसार गर्नु हुन सम्पुर्ण कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको थियो।

पाँचखालका मेयर युवाहरूको आशाको केन्द्र महेश खरेल, युवाहरूको ढुकढुकी युवा नेता गणेश लामा, पुर्व मन्त्रि कन्चन चन्द्र वादे, जिल्ला उपसभापति अच्युत पौडेल र जिल्ला सभापति मधु प्रसाद आचार्यले पनि सम्बोधन गर्नु भयको थियो। उक्त कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता महेस पौडेल , क्षेत्रिय सचिव आनन्द सापकोटा (प्रतिनिधि सभा क्षेत्र नं २)युवा नेताहरू दिनेस भुर्तेल , मछिन्द्र कुमार लामा ,नारायण सापकोटा,कमल तामाङ, राजकुमार मल्लको पनि उपस्थिति थियो। बिशेष गरी नेपाली कांग्रेसको नियमावली २०७६ को बिषयमा प्रकाश पार्दै कांग्रेसमा गुट उपगुट नभयको र उच्च मनोबलका साथ संगठन बिस्तारमा लाग्न सम्पुर्ण नेताहरूले निर्देशन दिनु भयको थियो । उक्त कार्यक्रमको संचालन खानिखोला गाउँपालिकाका वडा अध्यक्षका उमेदवार तथा काभ्रेका उदयिमान नेता क्षेत्र वाईवाले संचालन गर्नु भयको थियो । स्थान उपलब्ध युवा नेता रन्जिव श्रेष्ठज्यू ले गर्नु भयको थियो। कार्यक्रमले नेपाली कांग्रेस खानिखोलाको संगठन बिस्तारको लागि उर्जा प्रदान गरेको कार्यक्रमका ब्यबस्थापक नेपाल विद्यार्थी संघका नेता प्रकाश वाईवाले बताउनु भयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …