तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको प्रवक्तामा लालबहादुर खड्का र सदस्यमा रामकुमार यादव, रुकुशे गाहा मगर र दिपेन्द्र शाही, रबिन थापा मगर, र रमेश भण्डारी मनोनीत भएका छन् ।

आज नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोला कान्त पंगेनीको अध्यक्षतामा मलेसिया स्थित क्वालालम्पुरमा रहेको होटल ग्रान्ड क्यान्टिनेटलमा बसेको बैठकले नेपाली जनसम्पर्क् समिती मलेसियाको रिक्त रहेको प्रबक्ता पदमा समितिको सह-कोषाध्यक्ष लालबहादुर खड्कालाई मनोनीत गरेको छ। भने समितिको सदस्यमा रामकुमार यादव, रुकेश गाह मगर, दिपेन्द्र शाही, रबिन थापा मगर, र रमेश भण्डारी, समितिको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

बैठकमा नव मनोनीत पदाधिकारीरुलाई नेपाली जनसम्पर्क समिति मलेसियामाका अध्यक्ष चोलाकान्त पंगेनीले खादा लगाएर सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनुभयो ।

यस्तै नव नियुक्त प्रवक्ता खड्काले साजिक संजाल मार्फत आफुलाई नेपाली जनसम्पर्क समिति मलेसियाले विश्वास र भरोसा गरेर समितिको प्रवक्ता जस्तो गरिमामय पदमा मनोनीत गर्नु भएकोमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोला कान्त पंगेनी ज्युलाई र सिङ्गो कार्यसमिति प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै। मलाई विश्वास र भरोसा गरेर मलाई एउटा पार्टी समितिको प्रवक्ता जस्तो गरिमामय पद दिनुभएको छ। म यो जिम्मेवारीलाई मैले सधै गम्भीरता पुर्वक लिनेछु र आफ्नो जिम्मेवारी प्रती निस्वार्थ रुपमा लाग्ने प्रतिबद्धता जायर गरेका छन् ।

उनले नेपाली जनसम्पर्क समिति मलेसियाको कार्यसमितिको सदस्य, सह-कोषाध्यक्ष भित्र रहेर आफ्नो जिम्मेवारी निभाउदै गर्दा मलाई तपाईहरुले दिनु भएको सल्लाह, सुझाबले आज यो स्थान प्राप्त भएको मैले महसुस गरेछु। आगामी दिनमा पनि यहाहरुको सल्लाह सुझाब खरबदारी निरन्तर रहनेछ भन्ने आशा अपेक्षा बिश्वास ब्यक्त गरेका छन् ।

उनले राजनीति जीवन कुनै पद प्राप्तिको लागि नभै समाज सेवाको लागि राजनीतिक आवश्यकछ भन्ने महसुस गरेर आज प्रवासमा पनि आफ्नो बिचार आस्था र सिद्धान्त प्रती सधै कर्मनिष्ठ इमानदार पुर्बक आफ्नो जिम्मेवारी प्रती बफादारछु। मलेसिया रहेका नेपाली श्रमिकका हक अधिकार सुनक्षिता र समस्या समधानका निम्ति संघठनिय जिम्मेवारी रुपमा सकृय रुपमा उभिनेछु। देखिएका हरेक समस्या संघ समाधानको पाटो खोज्ना सकारात्मक बिचार सोचबाट आफ्नो भुमिकालाई निरन्तर निभाउने बताएका छन् ।

बैठकमा समितिका अध्यक्ष चोलाकान्त पंगेनी, उपाध्यक्ष कमल प्रसाद गौतम समितिका अर्का उपाध्यक्ष टेक बहादुर टमटा, चक्र मल्ल ठकुरी, महाधिवेशन प्रतिनिधि तिलक चन्द ठकुरी, त्यसैगरी समितिका महामन्त्री हरि कोइराला, प्रवक्ता लालबहादुर खड्का, सदस्य तेज कुमार राई इन्दुु बस्नेत (क्षेत्री) रामकुमार यादव, रुकेश घले मगर दिपेन्द्र शाही लगायतको उपस्थिति रहेका थियो ।

त्यस्तै उक्त बैठकले नेपाली जनसम्पर्क समिति मलेसियाकि केन्द्रीय सदस्य इन्दु बस्नेत (क्षेत्री) लाई समितिले बिदाइ गरेकोछ। उनि गत महिनामा संपन्न भएको एगैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महिला संयोजकमा निर्विरोध निर्वाचित भएकि थिइन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …