तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

तेन्जु योन्जन

मुलुकलाई आमूल परिबर्तन र बिकसित राष्ट्र भनी चिनाउने नाममा कयौं पटक परिबर्तनकारी आन्दोलन भयो र अहिले सम्म पनि भैरहेको छ। हुन जरुरी पनि छ। कुनै पनि मुलुकमा आमूल परिवर्तन आएको छ भने देशमा उथल पुथल हुने गरि सडक देखि सदन सम्म आन्दोलन हुने भन्ने छैन। तर हाम्रो मुलुकमा एउटा फेसनको रुपमा सड्क आन्दोलन देखि सदन सम्म हुने गरेको तितो यथार्थ छदैछ। बिडम्बना तर देशमा कुनै पनि परिवर्तन हुन सकेको छैन। पटक पटक मन्त्री प्रधानमन्त्री रास्ट्रपति लगायत सबै खाले प्रतिनिधिहरु फेरिए। पार्टी दल फेरिए तर सासन सत्ताको प्रवृत्ति फेरिएन जसको कारण देश बिकास हुनु को सट्टा उधो गतिमा तृब रुपले जादैछ ।

हाम्रा मुलुकमा शासक प्रशासकले कैयौ वर्षदेखि भ्रष्टाचारमा शून्य सहनशीलताको विषय उठाउँदै आइरहेका छन्। यो भाषण र कागजी रुपमा मात्र उद्घोषण गरिएको तथ्य हिन प्रमाण झै भएको छ। किन कि, उनीहरूको भन्ने एक तर गर्ने अर्कै प्रवृत्तिका कारण मुलुक र यहाँका सबैजसो सरकारी संयन्त्र भ्रष्टाचारको धमिराले भित्र भित्रै खोक्रो बनाउदै दिनानु दिन चौगुणा मक्किरहेको छ। अहिलेको परिस्थितिमा तीनवटै सरकारका प्रायजसो सबै संयन्त्र भ्रष्टाचारको दलदलमा परेर दृघ रोगी पक्षघातका बिरामीजस्ता भएका छन्। जसका कारण ती सरकारी निकायले आम जनताका तमामखाले समस्या समाधान र बिकास प्रयोजनाको लागि काम गर्नै छोडेका छन्। तसर्थ छाती खोलेर भन्न सकिन्छ। ती निकायमा रहने अधिकांश भ्रष्ट चरित्रका छन्। कसरी हुन्छ ? कुर्सी बचाउ अनि आफ्नो स्वार्थको लागि अकुत सम्पती कमाउनेमा नै उनीहरू लिप्त छन् ।

हाम्रो मुलुकको मुख्य समस्याको रुपमा रहेको गुणस्तर तथा प्राबिधिक, आत्मानिरभर्ता शिक्षा, रोजगार नै रहेको छ भन्दा फरक पर्दैन। नातावाद कृपावाद र दलाली प्रवृत्तिको कारण आफू सग क्षमता र योग्यता हुदा हुँदै पनि आफ्नो मुलुकमा रोजगारको आभाबले लाखौं मास्टर डिग्री होल्डरहरु मरुभूमि गैती बेल्चा सग मुक्काबिला गर्न नेपाली उर्बर जनशक्ती बिबस छन। जस मध्यको पात्रा म आफै स्वय हु। सस्तो मुल्यमा श्रमिक बेच्ने मुलुकको सुचिमा हाम्रो नेपाल पर्छ ।

बाध्यता र बिबस्ता भित्र आफ्नो मुलुकमा रोजगारिको अबसर नपाउदा आफ्नो परिवार, छोरा छोरिको लागि गुणस्तर शिक्षा र आफ्नो भविस्य निर्माण को जिम्मेवार बोकेर सपनाको पोको बोकि वैदेशिक रोजगारमा गएका ७०-७५ लाखको हाराहारीमा रहेको युवा केवल रेमिटेन्स भित्र्याउने साधनको रुपमा सम्झिनु नेपाल सरकारको सबै भन्दा ठूलो गल्ती हो। रेमिटेन्स चल्ने तर वैदेशिक रोजगारमा रहेको आफ्नो नागरिकले आफ्नो अधिकार नपाउने कस्तो नियम ? पटक पटक चुनाव अघि हामी वैदेशिक रोजगारमा रहेको नेपाली नागरिकको एउटै चाहना थियो भोट हाल्न पाउने अधिकार बाट बन्चित हुन नपरोस तर बन्चित हुन बाध्य भयौ। यो हुनुमा सबै दोश सिंहदरबारमा भत्ता भोजन गरिरहेका स्यालहरुमा जान्छ्न। किन भने आमजनताका गास, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता समस्यालाई कसरी समाधान गर्ने भन्नेमा उनीहरू कहिल्यै पनि गम्भीरतापूर्वक छलफल नै गर्दैनन्। राजनीतिक नेतृत्वले इमान र धर्म गुमाए पछि त्यसको सबैभन्दा बढी मार मुलुक र नागरिकले भोग्नुपर्ने कुरा अहिले आम नेपाली जनताले भोगीरहेछ। अहिले हामीकहाँ स्वास्थ्य र शिक्षामा फस्टाएको माफियाकरण र बिचौलियातन्त्रका कारण जनताले सबैभन्दा बढी सास्ती र पीडा भोग्नुपर्ने बाध्यता छ ।

शासनसत्तामा आउने नेता जुन जोगी आए पनि कानै चिरेकाजस्ता देखिन थालेका छन्। सबैजना कम्मल ओढेरै घिउ खान खप्पिस बन्दा भ्रष्टाचारले सीमा नाघ्न थालेको छ। त्यसैले प्रमुख दल र तिनका नेताबाट जनताले आशा र भरोसा गर्नै छोडेका छन्। जसका कारण स्थानीय तहको निर्वाचनमा देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले प्रमुख दलका उम्मेदवारलाई हराएर मेयर बन्न सफल भए भने धारानमा स्वतन्त्रबाटै हर्क साम्पाङ्ग जस्ता होनहार मेयर पाए। संसदीय निर्वाचनमा रष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई जनताले उल्लेख्य मत दिए। यो सबै पुराना दल र तिनका नेताले गरेको भ्रष्टाचार र त्यसविरुद्धको आक्रोश हो ।

नगर्ने प्रण गर्दै कार्यालय प्रवेश गर्ने र काम गर्ने। तर, प्रधानमन्त्री कार्यालयको सो अभियानले कर्मचारीमा रहेको भ्रष्टाचारको कुलत रोक्न सकेन। जसले सो कार्यक्रम लागू गर्यो उसले त्यसको ’मा सशक्त अनुगमन नै गर्न सकेन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको सो अभियान प्रधानमन्त्री ओली स्वयंले खासै चासो दिएनन् भने कर्मचारीतन्त्रले त्यसलाई लागू गर्न पनि कुनै अग्रसरता देखाएनन्। हामीकहाँ बोल्ने एउटा तर गर्ने अर्कै प्रवृत्तिका कारण पनि समस्यामाथि समस्या थपिने गरेको हो । नेता तथा कर्मचारीको द्वैत चरित्रका कारण पनि भ्रष्टाचार निवारण हुन नसकेको हो ।

भ्रष्टाचारविरुद्धका अध्येताहरूका अनुसार मानिसमा तीन प्रकारका स्वास्थ्य हुन्छन्। जसअनुसार शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र नैतिक स्वास्थ्य। यीमध्ये नेपालका नेता तथा कर्मचारीलगायत धेरै व्यक्तिमा नैतिक स्वास्थ्यमा गम्भीर गडबढी देखिन थालेको छ। जबसम्म यहाँका नेता तथा कर्मचारीमा नैतिक स्वास्थ्यमा सुधार आउँदैन तबसम्म भ्रष्टाचार रोकिने सम्भावना देखिँदैन। यद्यपि, यहाको निजी क्षेत्र तथा सामाजिक क्षेत्रमा पनि त्यस्तै खालका गम्भीर समस्या छन् ।

जानकारका अनुसार भ्रष्टाचारको कुलतमा फस्नु लागू औषधको कुलतमा फस्नुभन्दा पनि खतरनाक हुन्छ। लागू औषधको कुलतमा फसेकालाई विभिन्न पुनस्र्थापना केन्द्रमा लगेर उपचार गराउन सकिन्छ तर भ्रष्टाचारको कुलतमा फसेकालाई कुनै प्रकारको उपचार गर्न सकिँदैन। सबैभन्दा राम्रो उपचार भनेकै उनीहरू नैतिक रूपमा आफैं सुध्रने हो। तर, नेपालमा भ्रष्टाचारी सुध्रने कुनै संकेत देखिन सकेको छैन। विभिन्न अध्ययनले भ्रष्टाचारमा लिप्त भएर मुद्दा परी जागिर चट भएका फेरि बिचौलिया तथा माफियाका रूपमा समाजमा शक्तिशाली हुने गरेको पाइएको छ ।

अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आपूm मातहतका निकायमाथि कडा अनुगमन गर्न सकेको छैन। आफैंले बनाएका नियम लागू गर्न नसक्दा पनि कर्मचारीमा भ्रष्ट प्रवृत्ति मौलाइरहेको देखिन्छ। अब कुनै कार्यालयका कर्मचारी घुस सहित रंगेहात पक्राउ परेमा कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाइनुपर्छ। कार्यालय प्रमुखमाथि समेत थप छानबिन गरिनुपर्छ ।

भ्रष्टाचार निर्मूल पार्ने अभियान निकै कठिन अभियान हो। जादुको छडीसरह यसलाई एकैपटक अन्त गर्न पनि सकिँदैन। तर, मुख्य नेतृत्वमा रहने व्यक्ति भ्रष्टाचार रोक्ने अभियानमा लागेभने भ्रष्टाचार धेरै हदसम्म न्यूनीकरण हुन सक्छ ।

मुहान सफा हुने हो भने तल बग्ने पानी स्वतः सफा हुनेछ। त्यसैले सुशासन कायम गर्ने अभियानको नेतृत्व प्रधानमन्त्री, मन्त्री र सचिवहरूले सामूहिक रूपमा लिनुपर्छ। बाहिर बोल्ने एउटा र भित्र अर्को गर्ने प्रवृत्ति पूर्ण रूपमा रोकिनुपर्छ। भ्रष्टाचार नियन्त्रण गर्न मुलुकमा मौलाएको दण्डहीनताको संस्कृति अन्त हुनुपर्छ भने कानुनीराज पूर्णरूपमा स्थापित हुनुपर्छ। भ्रष्टाचार न्यूनीकरण हु्न सक्यो भने पनि मुलुकको विकास र प्रगतिले छिट्टै गति लिन सक्छ ।

अब त अति नै भइसकेको छ। अब आउने नयाँ सरकार पनि विगतकै जस्तो भ्रष्टाचार र अनियमिततामा लम्पट भइरहने हो भने देश थप बर्वादीतर्फ जाने निश्चित छ। त्यतिखेर अधिकांश नेता जनताबाटै भाटे कारबाहीमा पर्ने र त्यसले गम्भीर परिणाम ल्याउन सक्ने भएकाले अब नेताहरू सच्चिनुको विकल्प छैन। त्यसैले विनम्र आग्रह छ देशलाई भ्रष्टाचारका कारण अझै बिकासको सट्टा विनाश हुनबाट बचाउन खवरदार हामी जनताले गरौ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …