तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङमा नेपाली कांग्रेसको सांगठनिक आन्तरिक विशेष अभियान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस खोटाङको जिल्ला जिल्ला कार्यसमितिका सभापति बिष्णु कुमार राईको सभापतित्वमा र पार्टीका केन्द्रीय प्रतिनिधि यामबहादु गुरुङको प्रमुख आतिथ्यतामा मंगलबार वीपी स्मृति भवन दिक्तेलमा नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिले साउन २० गते देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको आन्तरिक विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे संगै सोही कार्यक्रम अन्तरगत नेपाली कांग्रेस खोटाङले पहिलो चरणको कांग्रेसको विशेष आन्तारिक अभियान कार्यक्रम सम्पन्न भएको खोटाङ कांग्रेसले जनाएको छ ।

उक्त कार्यक्रममा केन्द्रले केन्द्रीय नेतृ गोमा भट्टराईलाई खोटाङका लागि केन्द्रीय प्रतिनिधि तोकिएको भएतापनि उनको भाउजुको दुखद निधनभएको कारण पूर्वनिर्धारित कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि कांग्रेस नेता यामबहादुर गुरुङ पार्टीको केन्द्रीय प्रतिनिधिको रुपमा मंगलबार बिहान खोटाङ पुग्नुभएको कांग्रेस जिल्ला कार्यसमितिका सचिव ज्ञानेन्द्र जोशीले बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि रहेका गुरुङले कार्यक्रममा बोल्ने क्रममा पार्टीको महत्वपूर्ण जिम्मेवारी बोकेर खोटाङ आउने अवसर प्राप्त भएकोमा आफू हर्षित भएको बताउदै। उनले अब केन्द्रको छहारीमा खोटाङ र आफ्नो जिल्ला लमजुङ बीच सांगठानिक र भावनात्मक सम्बन्ध गाँसिएको उल्लेख गर्नुभयो ।

पार्टीले ७७ जिल्लामा आन्तरिक विशेष अभियान सञ्चालन गरेर प्रत्येक जिल्लाको वास्तविक सांगठानिक अवस्था बुझ्ने र भएको कमि कमजोरीलाई सुधार्ने उद्धेश्य राखेको उहाँको कथन थियो ।

उक्त कार्यक्रममा खोटाङ कांग्रेसका तर्फबाट भातृ संस्थाहरुमा मनोनीत केन्द्रीय सदस्य, प्रदेश सदस्यहरुलाई खादा ओढाएर सम्मान प्रकट गरिएका थिए। भने कांग्रेसका नेता विष्णुराज राईलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिमा मनोनीत गरिएका छन् ।

कार्यक्रममा उपसभापति तीर्थराज भट्टराई, उपसभापति इवन राई, महाधिवेशन प्रतिनिधि सुमनवावु आचार्य, वरिष्ठ पत्रकार कृष्ण आचार्य, तरुणदल केन्द्रिय सदस्य तथा नेता रोजन राई, जिल्ला सदस्य विष्णुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समिति सभापति प्रकाश श्रेष्ठ रावावेशी गाउँ कार्य पालिका सभापति फटिककुमार श्रेष्ठ, नेवि संघ केन्द्रिय सदस्य राजकुमार बस्नेत, प्रदेश प्रतिनिधि अन्जना बस्नेत लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति बिष्णुकुमार राईको सभापतित्वमा सम्पन्न नेपाली कांग्रेस खोटाङको आन्तरिक विशेष अभियान कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …