तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

लेखक- बिष्णु आभुषण

हरेक विषयलाई मानिसहरु आ-आफ्नै दृष्टिकोणको तराजुमा राखेर धारणा बनाउछन्। म यहाँ एउटा तस्विरलाई प्रस्तुत गर्दै २ महानुभावहरुको धारणा सहित मेरो आफ्नो निजि भनाई पनि राख्न चाहन्छु ।

१) काँग्रेस नेतृ बहिनी कान्ता (पूर्व जिल्ला कार्य समिति सदस्य) ले पार्टीको आन्तरिक विशेष अभियानको एउटा तस्विर सामाजिक सन्जालमा पस्कनुभयो ।

२) खोटाङ काठमाण्डौ सम्पर्क समितिका संयोजक भाई काशी आचार्यले खोटाङमा घटेको गत मंसिरको निर्वाचनको पृष्ठभूमि केलाउदै चुनावको समय घात/ अन्तरघात या विद्रोह हुने मनसायले आफ्नो धारणा राख्नुभयो ।

३) खोटाङ काँगेसका पूर्व महासमिति सदस्य एवं पूर्व जिल्ला सचिव महेन्द्र कटवालले जिल्लामा संगठनका लागि खट्ने कार्यकर्ताको मूल्याँकन  र जिल्लाको निर्णय वा सिफारिसको विपरित केन्द्रका नेताहरुले आफ्ना नातागोता या वरिपरिकालाई अवसर दिने काँग्रेस प्रवृत्तिको व्यंगात्मक संकेत जनाउदै यसरी जिल्लामा खट्नु भनेको समय वर्वादी गर्नु हो भनेर तत्कालै प्रतिकृया दिनुभयो ।

३) मेरो स्पष्टोक्ति– यहाँहरुको भनाईले केही प्रतिशत काँग्रेसको सन्दर्भमा सत्य ओकल्छ। यही कारण लामो समयसम्म मैले काँग्रेसको यो नियमित आकस्मिकतालाई मनन गर्दै`अब मेरो जीवनको बाटो के हुनेछ´ भन्ने चिन्तनमा बिताएँ। तर पछिल्लो चरणमा काँग्रेसका जिम्मेवार शिर्ष नेतृत्वहरसँग बसेर म लगायत केही खोटाङका नेताहरुसँग भएको प्रतवद्दता (कवूल) बाट म पुनर्उत्साहित भएर जिल्ला फर्केको हुँ ।

नेतृत्वगणको सामुहिक प्रतिवद्दता

क)ओ‌ैसत समय जिल्लाबाहिर शहरमा या केन्द्रमा नेताहरुको वरिपरि घुम्ने कार्यकर्ताको भन्दा अब आयन्दा जिल्लामा/ फिल्डमा खट्ने कार्यकर्ताको मूल्याँकन हुनेछ ।

ख) निर्वाचनमा टिकट वितरण गरिदा/पार्टीको माथिल्लो तहमा मनोनयन गरिदा/ पार्टीबाट राज्यको लाभको पदमा नियुक्त गरिदा जिल्ला कार्य समितिको निर्णय, सिफारिसको हुवहु पालना गरिनेछ ।

ग) जिल्लाबाट कस्टसाथ केन्द्रमा आउनुभएका कार्यकर्ताहरुको धारणा केन्द्रका नेतृत्वहरुले गम्भिरतापूर्वक श्रवण गर्न, मनन गर्ने र विकास निर्माणका विषयमा पहल प्रयत्न गर्न अल्छ्याई नगर्ने !

मेरो अन्तिम भनाई——
म जे गर्छु, त्यही बोल्छु
जे बोल्छु, त्यही गर्छु ।

सोझो छु, ईमान्दार छु। चाकडी, चाप्लुसी र काईते कुरो जान्दिनँ। यदि केन्द्रका नेतृत्वहरुले माथि कवुल गर्नुभएको वचणवद्दता आगामी दिनहरुमा पुरा हुन सकेन भने भाईहरुलाई नै साक्षी राखेर भन्दैछु — त्यसपछि खोटाङमा धारो, टुटि होईन कि समुन्द्र सागर र सुनामी उर्लेर आउनेछ, त्यसले को को सोहोर पटार हुदै बगेर जानेहुन। म अहिले बोल्दिनँ ।

फगत अहिले नेताहरुको वचनवद्दताका आधारमा अनुरोध बोल्छु ….!

जिल्लाको भूगोल बाहिर जो जो जहाँ जहाँ हुनुहुन्छ– जिल्लामै फर्किहाल्नोस, ढिला नगर्नुस, अब हामी सबै काँग्रेसीजनहरु एकाकार भएर चारतारे झण्डामुनि काँग्रेसको आवाज लिएर जनताको घरआँगन पुगौँ, संगठन सुदृढिकरणमा लागौँ। फेसबुकमा एकार्कालाई हिलो छ्याप्न छाडेर वीपीको समाजवादी मधुर सपनामा जीवनको हरियो रंग पोतौँ !

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …