तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ। खोटाङमा यता केही समयदेखि कृति प्रकाशनको खडेरी लागिरहेकै अवस्थामा एक कृतिको विमोचन भएको छ । खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल आचार्यनगरी रमाइलोफूलवारी टोल माझाघर निवासी प्रकाश आचार्य भावूक प्रभाद्धारा आफ्नो हजुरवा स्वर्गीय वोलप्रसाद आचार्य माझाघरेको स्मृतिमा लेखिएको शोककाव्य विहिवार जिल्ला समन्वय समितिको हलमा विमोचन भएको हो ।

शैक्षिक अभियन्ता एवं समाजसेवी जयप्रशाद आचार्यको अध्यक्षतामा हिजो भएको कृतिविमोचन कार्यक्रममा प्रमुख अतिथि साहित्यकार विष्णु आभूषणद्धारा हजुरवा शोककाव्यको विमोचन गर्दै नाती प्रकाश आचार्यले आफ्नो पितामह वोलप्रशाद आचार्यको सम्झना गर्दै यो कृतिको सृजना गरेर आफ्नो नाती पुस्ताको लागि आफूलाई पनि सम्झनालायक उपहार पस्कनु भएको चर्चा गर्नुभयो । कार्यक्रममा स्वर्गीय वोलप्रशाद आचार्य माझाघरेको व्यक्तित्व र उहाको स्मृतिमा लेखिएको हजुर वा कृतिको समिक्षा गर्दै सरस्वती माध्यामिक विध्यालय दिक्तेलका शिक्षक काजीप्रसाद खतिवडाले यस कृतिले आफ्निा संस्कार, संस्कृति तथा अग्रजहरुप्रति वितृष्ण बढ्दै गएको आजको पुस्तालाई अग्रजप्रति श्रद्धाभाव जन्माउन प्रेरित गराउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित हुनुभएको खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, वरिष्ठ साहित्यकार टंक भट्टराई, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता शेनानी कृष्ण आचार्य , राजनैतिककर्मी देवीप्रसाद रिजाललगायतले स्वर्गीय वोलराज आचार्य माझाघरेको योगदानलाई सम्झदै कृतिका वारेमा चर्चा गर्नुभएको थियो । उहाँहरुले पाँच अध्यायमा झ्याउरे छन्दमा लेखिएको हजुरवा शोककाव्य समाजलाई उज्यालोदिशातिर उन्मुख गराउने आफ्ना अग्रजको सम्झनामा मिठोलोक लयमा लेखिएको खदिलो कृतिका रुपमा नेपाली साहित्यमा जन्मनि पुगेको लघु कृतिका रुपमा लिन सकिने वताउनुभयो ।

कृतिका सर्जक प्रकाश आचार्यका हजुरवा वोलप्रसाद आचार्य विक्रमसम्वत १९९३ साल श्रावण १ गते खोटाङको साविक पूर्व ३ नम्वर थुम मौजे मझुवा दिक्तेल आचार्य गाउँमा धामी गंगाराम आचार्यका कान्छा सुपुत्रका रुपमा जन्मिनुभएको थियो । धर्मशास्त्र, ज्योतिषशास्त्र, जडिवुटी,वेदाङ्ग, सामाजिक साँस्कृतिक, सँस्कृति लगायतका विषयको गहन अध्ययन चिन्तन गरेका माझाघरे आत्मज्ञान प्राप्त व्यक्तित्व रहेको पुस्तकमा उल्लेख गरिएको छ ।

कार्यक्रममा लेखकका पिता अविनारायण आचार्य माता कुमारी आचार्य, आचार्य वस्तिका जेष्ठ नागरिक देखि युवाहरुका साथै पत्रकार एवं स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । किशोर आचार्यद्धारा संचालन गरिएको कार्यक्रममा स्वर्गीय वोलप्रसाद आचार्य माझाघरेका छोरा पदम प्रसाद आचार्यले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …