तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको साकेला गाउँपालीका वडा नम्बर २, रतन्छामा नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरि ७१, जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

शनिबार साकेला गाउँपालिका २, रतन्छाले आयोजित गरे कांग्रेस वडा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको हुन्। नवप्रवेशी हरुलाई प्रमुख अतिथी नेपाली कांग्रेस खोटाङका युवा नेता रविप्रकाश राईले अबिर माला लगाएर स्वागत गरेका हुन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेमा अविशन राई, शम्भु कुमार राई, निशान परियार, शैलेश राई लगायतका ७१, जना नेता तथा कार्यकर्ताहरु हुन।

प्रमुख अतिथि रविप्रकाशले सम्बोधनका क्रममा उनिहरुको राजनीतिक जिवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। साथै नेता राईले कांग्रेसको राजनीतिक मार्गमा मुलुक हिडिरहेको बेला देश निर्माणको महाअभियानमा पार्टी प्रवेशले ठूलो अर्थ राख्ने समेत बताए।

पार्टीका नवनिर्वाचित वडा सभापती शिव कुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी युवा नेता रविप्रकाश राई, विशेष अतिथी महाधिवेशन प्रतिनिधि सहरमान राई, नेबिसंघ खोटाङका पुर्व अध्यक्ष एवं पार्टी जिल्ला सदस्य दिनेश घिमिरे, नेपाल तरुण दल जिल्ला अध्यक्ष भिषण राई, साकेला गाउपालीका उपाध्यक्ष सरिता खड्का, साकेला गाउँपालीका, बाझे च्यानडाडा वडाध्यक्ष विजय गुरुङ, मात्तिम वडाध्यक्ष कृष्ण भट्टराई, नेपाली काङ्ग्रेस क्षेत्र नं. २, सह-सचिव सोमराज राई, तरुण विभाग प्रदेश १, सदस्य, सिजन राई, कवि राई, धनपाल राई, नेबिसंघ उपाध्यक्ष जीवन न्यौपाने, प्रजातान्त्रिक महासंघ खोटाङका सचिव दिपेन्द्र राई, लगायत अन्य नेता कार्यकर्ता हरुको उपस्थित रहेको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …