मलेसिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो राष्ट्रिय अधिवेशन कार्यक्रम २०२३ आयोजनाको तयारी भएको छ ।केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले पार्टी निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया” को दोस्रो अधिवेशन कार्यक्रम यहीँ जुन २५ तारिख आईतवार होटल ग्रेण्ड कन्टिनेन्टलमा बिहान १० बजेदेखि कार्यक्रम हुने तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक कमिटीको सह-संयोजक दयाराम कुमालले जानकारी दिनुभयो ।
कुमालका अनुसार कार्यक्रममा नेपालबाट प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम् पुर्व उप-प्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरूको उपस्थिति रहने बताए। त्यस्तै चर्चित नेपाली राष्ट्रिय कलाकारहरु गायक बद्री पंगेनी, गायीका पुर्ण कला बिसि, मोडल तथा डान्सर करिश्मा ढकाल र गायक, उदघोषक राजेश बर्देवा लगायत मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ ।
साथै कार्यक्रममा जोहोरबारु र पेनाङ राज्यबाट सहभागी हुन आउन-जाने नेपाली श्रमिकहरुको लागि निशुल्क गाडी, यातायातको ब्यवस्था समेत गरिएको र कार्यक्रममा सहभागी हुने सबैजनाको लागि खानाको ब्यवस्था समेत गरिएको अधिवेशन मुल आयोजक कमिटीका संयोजक शेर बहादुर गुरुङले बताए ।
कार्यक्रममा नि:शुल्क रुपमा सहभागी भैइ मनोरञ्जन लिनलाई आयोजक कमिटीका संयोजक गुरुङले मलेसियामा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली जनसमुदायमा सार्वजनिक निमन्त्रणा गरेका छन ।
सोही दिन नेकपा एमाले पार्टीप्रति आस्था राख्ने जो कोहि नेपाली श्रमिकहरु पनि स्वैच्छिक रुपमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियामार्फत पार्टी र संगठनमा जोडिन सकिने संयोजक गुरुङले बताए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …