तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश विभाग मलेसियाको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम साथै पार्टीको भातृसंगठन प्रवास विभाग मलेसियाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभागका प्रमुख नेत्र केसीको सभापतित्वमा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा मलेसियाको क्वालालम्पुर स्थित केएलमा रहेको होटल ग्रान्ड कन्टिनेन्टलमा सम्पन्न भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम साथै प्रवास विभागको पहिलो अधिवेशनबाट विभाकका प्रमुखमा नेत्र केसी सहित ११ जनाको नयाँ कार्यसमिति चयन गरेको छ ।

त्यस्तै पार्टीको प्रवास विभाग उपप्रमुखमा मिलन शाही ठकुरी चयन हुनुभएको छ। भने सचिवमा हेमराज सापकोटा, सर्वसम्मत चयन हुनुभएको छ। त्यसैगरी कोषाध्यक्षमा उमेश प्रसाई चयन भएका छन् भने सदस्यहरुमा क्रमशः कपिल बोहरा, राज लामा, कमल चन्द, उमेश महतो, शिब खड्का, किरण थापा, र प्रकाश शिहं पुजारा सर्वसम्मत चयन भएका हुन ।

त्यसैगरी प्रदेश विभागमलेसियाले १० जना सल्लाहकार समेत चयन गरेका छन्। जस्मा सल्लाहकार हरुमा मिमलाल राजु शर्मा, कुल प्रसाद कोईराला, सन्तोस के.सी, रोसन राई, बासुदेब भट्ट, मछेन्द्र चापागाईं, खेमराज खत्री, प्रकाश पौडेल, पुर्ण बहादुर लिम्बू, भेष राज ग्यावली, सल्लाहकारमा रहेक छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेल, विशेष अतिथि नेपाल बाट आउनुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरा को उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रमका अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपन्न राई, नेपाली प्रगतिशील मलेसियाका अध्यक्ष प्रेम पाण्डे, नेपाली प्रवासी मंच मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका उपाध्यक्ष दिल केरुङ लिम्बू, त्यस्तै गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकका संयोजक हरिप्रसाद भट्टराई, र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष खगेन्द्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, सह-कोषाध्यक्ष दीपक बोहोरा लगायत शनिबार तिनदिने भ्रमणका लागि मलेसिया आउनु भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …