तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेकपा एमाले निकट विदेश स्थित प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो राष्ट्रिय अधिवेशन २०३३ सम्पन्न भएको छ । गत आइतबार प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका शेर बहादुर गुरुङको अध्यक्षतामा मलेसिया स्थित क्वालालम्पुरको केएलमा रहेको ग्रान्ड कन्टिनेन्टल होटलमा गरेको अधिवेशनले अध्यक्षमा दयाराम कुमाल सहित १३ जनाको नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएका छ्न् । त्यसैगरी कमिटीको उपाध्यक्षमा जिवन देवान गाँउले, उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, सचीव कृष्ण खड्का, सह-सचिव रविन कार्की, सह-सचिव दिनेश खड्का “खप्तडि” रहेका छ्न, भने सदस्यहरुमा क्रमशः दिल्ली न्यौपाने, चित्र बहादुर थापा, प्रेम मगर, तोप नारायण भण्डारी, नेत्र खड्का, छविलाल गीरी, मोहन खाती र राधिका क्षेत्री सर्वसहमत निर्वाचित भएका हुन ।

नेकपा एमाले पार्टीको केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालबाट आउनु भएको विशेष अतिथि नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रिय सदस्य कृष्ण बहादुर केसि, केन्द्रिय सदस्य एवंम जि-फन्टका अध्यक्ष बिनोद श्रेष्ठ, प्रगतिशील वैदेशिक रोजगार ब्यवसायी मञ्च नेपालको अध्यक्ष जनक रावल, नेपाल वैदेशिक रोजगार ब्यवसायी संघ काठमाडौंको अध्यक्ष राजेन्द्र भण्डारी, वैदेशिक रोजगार प्रगतिशील मञ्च सदस्य तथा खेलकुद बिभाग अध्यक्ष सुवर्णा श्रेष्ठ लगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रमको अतिथिमा गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राई, जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी, थारु कल्याणकारी सभा मलेसिया लगायत मलेसियामा रहेको विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको साथमा मलेसियाको विभिन्न राज्य जोहोर, पेनाङ, सेलाङ्गर लगायत ठाउँबाट नेपाली श्रमिकहरु र व्यापार व्यावसायिकहरुको निकै बाक्लो उपस्थिति रहेको थियो । नव निर्वाचित अध्यक्ष दयाराम कुमाल दयाराम कुमाल र राजेश बर्देवाले संचालन गरेको उक्त कार्यक्रममा कमिटीका नव निर्वाचित उपाध्यक्ष जीवन देवान गाउँलेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो भने। कार्यक्रमको प्रमुख अतिथि ईश्वर पोखरेल, महेश बस्नेत र कार्यक्रमका अतिथिहरु गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राई, जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी, लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु क्रमशः गायक बद्री पंगेनि, गायीका पुर्णकला बि.सि, मोडल तथा डान्सर करिश्मा ढकाल र गायक तथा उदघोषक राजेश बर्देवा लगायत स्थानीय कलाकारहरुले साँस्कृतिक, सांगीतिक प्रस्तुति दिएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …