तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिले आज मंगलबार ११ बजे सर्वदलीय बैठकको आह्वान गरेका छन।

प्रधानमन्त्रीले आह्वान गरेको उक्त सर्वदलिय बैठकमा नेपालको प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कुनै पनि किसिमको आँच आउन नदिनको लागि सरकारलाई सचेत गराउने भएको छ ।

देशमा बढ्दै गएको बेथितिहरुलाई आज कांग्रेसले सरकारलाई जानकारी गराउने भएको छ। सरकार संविधानको कार्यान्वयनमा अझै गम्भीर बन्न नसकेको कांग्रेसको आरोप छ। प्रधानमन्त्री, सरकारका क्रियाकलाप र सत्तासीन दल नेकपाका कारण संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध आवाज गुन्जिन थालेको निष्कर्ष निकाल्दै कांग्रेसले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीलाई यसबारे सचेत गराउने निर्णय गरेको छ ।

सरकारले यतिबेला नागरिकको रक्षाका लागि केही पनि गर्न सकेको छैन, कोभिड-१९ प्रती पनि सरकार अझै जिम्मेवारी देखिएन, जिल्लाहरुमा नेकपाले मानिसहरुलाई विनाकारण दमन गरेको छ। नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आगमनखबरलाई भने, यतिबेला संविधानको खिलापमा सत्ताधिन पार्टिको असफलता तथा असक्षमताको पुर्ण रुपबारे आज सर्वदलीय बैठकमार्फत सरकारलाई जानकारी गराईनेछ।

हिजो देउवानिवाश बुढानिलकण्ठमा भएको बैठकको निष्कर्ष सुनाउँदै नेता खाँणले भन्नुभयो, यतिबेला आमनागरिक तथा संविधान र राष्ट्रको सुरक्षा गर्न नसकेको कुरा सरकारले स्विकार्नुपर्छ। र नेकपाको झगडामा मुलुकको ध्यान र शक्ति लगाउने र जनताको बेहाल बनाउने अवस्था सरकारले निर्माण गरेको छ, यसको जवाफदेहिता प्रधानमन्त्री, सरकार र सत्तासीन पार्टीले लिनुपर्छ।’

हिजो देउवानिवास बुढानीलकण्ठमा भएको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, गोपालमान श्रेष्ठलगायत सहभागी भएको नेता खाँडले आगमनखबरलाई बताउनुभएको छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …