तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको कांग्रेस राजनीतिक पूर्वाग्रहले ग्रस्त भएको सत्तारुढ एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता गठबन्धनबाट बाहिर निकालेपछि कांग्रेसका नेताहरू रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव लिएर गएको तर अहिले उपप्रधान तथा गृहमन्त्री हुँदा अयोग्य भन्नु राजनीतिक रूपमा ठिक नभएको ज्ञवालीले बताए ।

एमाले पार्टी मुख्यालय ललितपुरको च्यासलमा आइतबार उपमहासचिव ज्ञवालीले उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने कांग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने बताए ।

‘प्रधानमन्त्री दाहालले कांगेससँगको गठबन्धन तोड्ने निर्णय गर्नुभयो । त्यसपछि प्रधानमन्त्रीको अफर गर्दै कांग्रेस आफैँ पुगेको थियो । प्रधानमन्त्रीको निम्ति आफैँले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधको तर्कबाहेक अरु केही पनि हुन सक्दैन,’ ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही नै हुनेछ, नैतिक रुपमा चाहीँ त्यो अवस्थामा छानबिनका लागि मार्ग प्रसस्त गर्नुपर्छ । तर, अहिले त्यो विषय उठ्दै नउठेको स्थितिभित्र कांग्रेसले गरिरहेको आलोचना, माग पनि आफैंमा राजनीतिक पूर्वाग्रहले ग्रस्त छ । यदि उहाँहरूले भनेजस्तै कांग्रेसको प्रस्ताव स्वीकार गरेर उहाँ प्रधानमन्त्रीको निम्ति तयार हुनुभएको भए कांग्रेसले यसै गर्थ्यो त ? गर्दैनथ्यो ।’

कांग्रेसले गृहमन्त्रीको विषयलाई लिएर संसद् अवरुद्ध गर्न नहुने उपमहासचिव ज्ञवालीको भनाइ छ । विगतमा एमालेले संसद् अवरुद्ध गर्दा व्यवस्थाप्रति नकरात्मक धारणा फैलायो भन्ने कांग्रेसले अहिले आफै सदन अवरुद्ध गर्नतिर लाग्न नहुने उनले बताए । ‘हिजो सदन अवरुद्ध भयो, सदन असफल बनाउने एमालेले संसदीय व्यवस्थाप्रति नै नकारात्मक धारणा बनायो भन्ने कांग्रेस, आफूलाई संसदीय व्यवस्थाको हिमायती भन्ने कांगेस कसरी संसद् अवरुद्धको पक्षमा जान्छ ?,’ उनले प्रश्न गरे ।

सहकारी समस्या समाधान गर्नका लागि सरकारले पीडितसँग सम्झौता गरिसकेको र छानबिन प्रक्रिया अघि बढेको पनि ज्ञवालीले बताए । तर विवाद समाधानमा गइरहेको विषयमा राजनीतिक प्रतिशोध साँध्नका लागि संसद् अवरुद्ध गर्नु सही नभएको उनको तर्क छ । कांग्रेसले जिम्मेवार भएर संसद्मा प्रस्तुत हुनुपर्ने पनि उनको सुझाव छ ।

उपमहासचिव ज्ञवालीले विगतमा एमालेले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको तर्क गरेका थिए । ‘विगतमा हामीले उठाएको विषय र अहिले गृहमन्त्रीजीको राजीनामाको माग गर्दै उठाइएको विषय फरक छ । विगतमा हामीले जुन मन्त्रीहरूको राजीनामा माग गर्‍यौं । त्यसो गर्दा एक जनालाई सरकारले नै बनाएको छानबिन आयोगले बालकुमारी घटनामा दोषी देखाएको थियो । अर्को एक जना मन्त्रीलाई अख्तियारले बयानका लागि बोलाइएको थियो, टेरामक्स खरिद कार्यमा भएको अनियमितताको सवालमा । बयान दिन बोलाईसकेपछि उहाँले न्यूनतम नैतिकताको पनि कुनै विषय नउठाई त्यसप्रति ध्यान नदिई झण्डा हल्लाएर अख्तियारमा बयान दिन जानुभएको थियो,’ ज्ञवालीले भने, ‘अहिले गृहमन्त्रीको बारेमा त्यो तहको कुनै उजुरी, मुद्दा औपचारिक रुपमा दायर भएको अवस्था छैन । कुनै नियामक निकाले, यस्ता केसहरू हेर्ने नियामक निकायले उहाँलाई बयानका लागि बोलाएको वा ती नियमक निकायमा औपचारिक रुपमा मुद्दा दायर भएको अवस्था पनि छैन । कांग्रेसले जे गरिरहेको छ यस मामिलामा उहाँहरूको एकदम द्वैद्ध भूमिका देखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …