तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली जनसम्पर्क समिती बेल्जियमले आज नेपाली राजनितीका शिखर पुरुष, महामानव बिपी कोईराला को स्मृतीमा बि.पी. र समाजवाद बिषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

कोरोना महामारी बाट आक्रान्त बनेको बिश्व समुदाय बिस्तारै सहज बन्दै गईरहेको अबस्थामा पुन: बिश्वका बिभिन्न मुलुक लगायत बेल्जियममा पनी बढ्दै गईरहेको कोरोना महामारीको सन्त्रास र यहाँको सरकार, नगरपालिकाले दिएको मापदन्डमा रही कार्यक्रम गर्न भौतिक रुपमा असंभव भएकाले नयाँ प्रबिधी लाई प्रयोग गर्दै जुम मिटिंग द्वारा बि. पी कोईराला लाई स्मरण गरेको छ ।

नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापती सीता सापकोटाको सभापतित्व र सस्थापक अध्यक्ष ध्रुब पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान, निबर्तमान अध्यक्ष शुभाष जोसी सन्तोषको बिशेष आतिथ्यतामा सम्पन्न भएको जानकारी सभापती सीता सापकोटाले आगमन खबरलाई दिनुभयो ।

उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिती बेल्जियमका उपाध्यक्ष नरहरी सापकोटाले संचालन गरेका थिए। नेपाली जनसम्पर्क समिती बेल्जियमका पदाधिकारी तथा सल्लाहकार र समितीका साथीहरुले बि.पी ,समाजवाद र बर्तमान नेतृत्व र काग्रेसको आगामी बाटोको बारेमा आ-आफ्ना बिचार ब्यक्त गर्दै महामानव बि.पी कोईरालाको स्मृतीमा उहाँ प्रती हार्दिक श्रदान्जली अर्पण गरेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …