तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा नेपालको भुकम्प प्रभावित जिल्ला जाजरकोटमा रहेका केहि अति आवश्यक सहयोगको खाचो परेका स्थानीय तहका नेपाली जनतालाई न्यानो लताकपडा सहयोग, वितरण गर्नको लागि आर्थिक सहयोग प्रदान गरेकोछ ।

नेपाली जनसम्पर्क समिति मलेसियालाई नेपाली कांग्रेस महासमिति सदस्य भेरी नगरपालिका ११ जाजरकोटका मुक्ति आचार्य ले दिइएको निवेदन अनुसार जाजरकोटमा शीतलहर र जाडोले पीडित जनतालाई न्यानो कपडा वितरण गर्नको लागि जनसम्पर्क समिति मलेसियाले यहाँ आर्थिक अभियान थालेका थिए ।

नेपालमा अत्याधिक बढेको चिसो जाडोको कारण जनजीवन प्रभावित भैइरहेको बेला न्यानो लत्ताकपडा वितरण अभियानलाई साथ दिदैँ यहाँ रहेका अग्रज नेपाली समाजसेवी अगुवाहरु संगको छलफल समन्वयमा संकलित आर्थिक सहयोग रकम मलेसियन रिंगेट ८,४५५ अर्थात नेपाली रु. २ लाख ३६ हजार ७९७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

संकलन गरिएको आर्थिक रकम आज मिति सन् २०२४ जनवरी २९ तारिख सोमबारको दिन नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य मुक्ति आचार्यको नाममा पठाइएको र सो रकमले कपडा खरिद गरि चाडैंनै वितरण गरिने जनसम्पर्क समिति मलेसियाका सभापति चोकाकान्त पंगेनीले बताउनुभयो ।

नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीले चलायको उक्त अभियानमा मलेसियामा रहेको विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि हरुले आफ्नो आफ्नो ठाउबाट सहयोग गरेकोछ। जस्मा नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोला कान्त पंगेनीले मलेसियान रिंगेट ६७० गर्नुभएको छ। भने गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका उपाध्यक्ष खगेन्द्र न्यौपानेले मलेसियान रिंगटा १००० गरेका छन् ।

त्यसैगरी गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकका संयोजक हरिप्रसाद भट्टराईले ८८८ रिंगेट गर्नुभएकोछ। भने गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले ५०१ गर्नुभएको छ। त्यस्तै नेपाली प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमालले ५०१ त्यसैगरी जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष २५० प्रवासी नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसी ५०१ र हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष तथा एनआरएनए आईसिसि सदस्य सन्तोष कार्कीले ५०१ मलेसियान रिंगेट सहयोग गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष विपिन राईले ३०१ मलेसियान रिंगेट गर्नुभएको छ। भने प्रवासी नेपाली मञ्च मलेसियाका पुर्व अध्यक्ष सेर बहादुर गुरुङ ६६६ नेपाली प्रवासी एकता समाज (पानस) का पुर्व अध्यक्ष योगेन्द्र कुंवर ५०१ नेपाली जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य टेक बहादुर टमटा ३२१ अर्का उपाध्यक्ष तथा एनआरएनए एनसीसी मलेसियाका प्रथम उपाध्यक्ष राकेश महतोले ५५५ गर्नुभएकोछ। भने एनआरएनए मलेसियाका कोषाध्यक्ष बलधोज लिम्बू ५०१ त्यस्तै नेपाली जनसम्पर्क समिति मलेसियाका महामन्त्री हरिप्रसाद कोइरालाले ३०० मलेसियान रिंगेट र मन्डला रेष्टुरेन्टको तर्फबाट ३०० रिंगेट जम्मा गरेर पठाएको हो ।

जनसम्पर्क समिति मलेसियाप्रति विश्वास गरेर सहयोग गर्नुहुने सम्पुर्ण समाजसेवी सहयोगीदाता हरु प्रति नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोला कान्त पंगेनीले हार्दिक आभार धन्यवाद ज्ञापन गरेका छ्न् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …