तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) उपाध्यक्ष तथा एनआरएनए अध्यक्ष पदका प्रत्याशी उमेदवार महेश कुमार श्रेष्ठले एनआरएनए एनसीसी मलेसियाले स्थपाना गरेको सेल्टरहाउस व्यवस्थापनको लागि आफ्नो व्यक्तिगत ५ लाख आर्थिक सहयोग गर्नुभएको छ ।

गैर आसीय नेपाली संघ एनआरएनए को ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन हुने भए पछि श्रेष्ठ विश्व भरिको श्रमिक हरुको अवस्था र समस्यामा परेको श्रमिक हरुको समस्याको समाधान गर्न कसरी सकिन्छ के के छन् त्यहाँको समस्या भनेर बुझ्न एनआरएनए अभियानमा केहीदिन पहिला युरोप, मध्यपूर्वका मुलुकका बहराइन, साउदी, दुबई, कतार, कुवेत हुदै भ्रमणमा मलेसिया आउनुभएको थियो ।

उक्त भ्रमणमा मलेसिया आउनुभएको श्रेष्ठले एनआरएनए एनसीसी मलेसिया संग र मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत श्रमिकहरु संग भेेटघाट तथा छलफल र अन्तरक्रिया कार्यक्रम सहित गर्नु भएको थियो ।

श्रेष्ठले भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मलेसियामा रहेको श्रमिकहरुको समस्यालाई मध्येनजर गर्दै एनआरएनए एनसीसी मलेसियाले स्थापना गरेको सेल्टर हाउसलाई ५ लाख नेपाली रुपैयाँ आफ्नो व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भएको थियो। त्यसैगरी आफु एनआरएनए अध्यक्ष पदमा निर्वाचित भएमा नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसँग समन्वय गरी श्रमिक हरुको समस्याका लागि पहिलो प्राथमिकता साथ निर्वाचित हुनु बित्तिकै १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।

उनलेे मध्यपूर्व साथै एसियाका देशहरुको भ्रमणका क्रममा धेरै भन्दा धेरै नेपालीहरुको श्रमसम्बन्धी समस्या रहेको पाएको र त्यसका लागि प्रत्येक वर्ष १० करोड रुपैयाँ संकलन हुनेगरी कोष खडा गर्ने प्रतिबद्धता जनाउँदै श्रेष्ठले भने त्यस बाहेक सरकारसँग मिलेर नीति निर्माणमा प्रशस्त कामहरु गर्नुपर्नेछ। घरेलु कामदार तथा श्रमिकको समस्या, दोहोरो श्रम सम्झौता, श्रम सहचारी र श्रम स्वीकृतिका क्रममा हुने झन्झट नीतिमार्फत समाधान गर्नु पर्ने थुप्रेै रहेको बताउनु भयो ।

श्रेष्ठले आफु अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा एनआरएनए मलेसियाले संचालनमा ल्याएको सल्टेर हाउसलाई ५ लाख दिने प्रतिबद्धता गर्नु भएको थियो। तर उनले निर्वाचन हुन अगाडि नै एनआरएनए एनसीसी मलेसियाको कोषमा आफुले बोलेको बचन नेपाली रुपैयाँ ५ लाख पठाइसकेको र एनआरएनए एनसीसी मलेसियाको कोषमा जम्मा भइसकेको एनआरएनए एनसीसी मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बुले जानकारी गराउनु भयो ।

घोषणा गरे अनुरुपको आर्थिक सहयोग रकम एनआरएनए एनसीसी मलेसियाले पाईसकेको जानकारी गराउदेै लिम्बुले एनआरएनएको अध्यक्षका उमेदवार श्रेष्ठलाई आगामी २०२३-२०२५ कार्यकालको लागि जितको अग्रिम शुभकामना दिदै उनले मलेसियाबाट छनौट हुनुभएका एनआरएनएको ११ औं महाधिवेशन प्रतिनिधि डेलिगेट्स सबैलाई एनआरएनए अध्यक्ष पदका श्रेष्ठलाई अत्यधिक मत दिएर निर्वाचित गराउन अपिल समेत गरेका छन् ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदका प्रत्याशी उमेदवार हुन्। उनी विगत २० औं बर्ष देखि एनआरएनएको अभियानमा लगेको र एनआरएनए आइसीसी सदस्य र कोषाध्यक्ष हुँदै अहिले आईसिसिका उपाध्यक्ष पद समालिरहेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ्न ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …