तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाल मगर संघ जोहोर क्षेत्रीय कार्यसमिति र पेनाङ क्षेत्रीय कार्यसमितिको संयुक्त आयोजनामा मगर सामुदायहरुको महान चाड माघे सकराती ४२ औं मगर दिवसको अवसरमा शुभकामना आदानप्रदान भेटघाट साथै जोहोर क्षेत्रीय कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ ।

नेपाल मगर संघ मलेसियाको क्षेत्रीय कार्यसमिति जोहोरको गत आइतबार सम्पन्न भएको उक्त अधिवेशनबाट समितिको अध्यक्षमा कृष्ण श्रीस मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा भिम बिरकट्टा मगर निर्वाचित हुनुभएको छ। भने महिला उपाध्यक्षमा आशा गरम्जा मगर निर्विरोध निर्वाचित भएकि छिन् ।

त्यस्तै सचिवमा तिपेन्द्र बुढा मगर (माननीय) र सह-सचिवमा बसन्त कुमारी बराल मगर (प्रभा) निर्वाचित हुनुभएको छ। भने कोषाध्यक्षमालोक बहादुर आले मगर र सह- कोषाध्यक्ष हमान सिङ राना मगर सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः होमराज बाठा मगर, नारायण दर्लामी मगर, अनिशा पुन मगर, मेनुका मगर, कृतिमान बुढा मगर, सुशील गरम्जा मगर, कुमारी मगर, सुबास लुङ्गेली मगर, नर बहादुर बराई मगर, सिर्जना बुढा मगर, सुर्य बहादुर आले मगर, नर बहादुर सारु मगर, भिम श्रीस मगर, पुष्प बहादुर मगर, सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको प्रमुख सल्लाहकारमा तेज कुमार बुढा मगर नियुक्त भएका छन्। भने सल्लाहकारहरुमा सुरेश बुढा मगर, सुनिल थापा मगर, क्षेत्रलाल बुढा मगर, र संरक्षकमा पुश्मिता ठाडा मगर रहनु भएकि छिन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …