तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेकपा एमाले संबद्ध विदेश संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बैठक मलेसियामा हुने भएको छ। प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको ब्यवस्थापन रहने गरि मञ्चका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको भौतिक उपस्थितिमा उक्त बैठक हुने भएको हाे ।

बैठकको प्रमुख अतिथिमा नेकपा एमाले बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई उपस्थित रहने र उक्त बैठकमा विश्वभरिका प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको ४२ देशका प्रतिनिधिहरु उपस्थिति हुने प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी गराए ।

कुमालका अनुसार अन्तर्राष्ट्रिय कमिटीको बैठक साथसाथै अन्य कार्यक्रमलाई पनि समावेस गरिने हुदा ३ दिने कार्यक्रमको ब्यवस्थापन गरिएको, जसमा फेब्रुअरी ९/१० मा अन्तरास्ट्रिय कमिटीको बैठक लगायतका कार्यक्रम हुने र फेब्रुअरी ११ मा प्रवासी नेपाली मञ्चको प्रशिक्षण एवं जनवादी कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम हुनेछ। उक्त प्रशिक्षण कार्यक्रममा मलेसियाबाट संगठित सदस्यता लिएका ५०० भन्दा बढी कार्यकर्ताले प्रशिक्षण लिने अध्यक्ष कुमालले जानकारी गराए ।

त्यस्तै उक्तकार्यक्रमको पुर्व तयारी बिशेष जनवरी २८ तारिख आइतबार बसेको बैठकले प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सचिव कृष्ण खड्काको संजकत्व र राज्य कमिटीको अध्यक्ष/सचीव संयोजक सदस्य रहने गरी कार्यक्रम ब्यबस्थापन समिति गठन गरेको छ भने कार्यक्रम प्रचार प्रसारमा सविन लोप्चानलाई जिम्मेवारी दिएको पनि अध्यक्ष कुमालले जानकारी गराए ।

त्यस्तै प्रवासी  नेपाली मञ्च मलेसियाले दु:ख पाएका पिडीत भएका,जेलमा रहेको मज्दुरहरुलाई बार्षिक १०० वटा टिकट उपलब्ध गराउदै आएको र घोषणा गरे देखि अहिले सम्म ३० भन्दा बढी टिकट दूतावासको रोहवरमा उपलब्ध गराई सकेको साथै फेब्रुअरी ९/१० र ११ मा हुने भेलाको अवसर पारी प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले मजदुर केन्द्रित अक्षय कोषको घोषणा पनि गर्ने तयारी रहेको मञ्च मलेसियाका सचीव कृष्ण खड्काले जानकारी गराए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …