तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मसिर २९ गते ७७ जिल्लामा एकसाथ हुने प्रदर्शनका लागि कांग्रेस केन्द्रीय कार्यालयले १० वटा नारा तय गरि परिपत्र गरेको  छ ।

आगामी मसिर २९ गते सरकारका बिरुद्ध गर्न लागेको प्रर्दशनमा १० वटा नाराका साथ पार्टीका बर्तमान तथा पूर्व पदाधिकारीहरुलाई विभिन्न जिल्ला पुगेर प्रर्दशनमा सहभागि जनाउने भएका छन ।

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा मकवानपुर जिल्ला र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा गरिने प्रर्दशनमा सहभागि जनाउने कांग्रेस मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यस्ता छन कांग्रेस केन्द्रीय कार्यालयले तय गरेको नारा:

१ ) संघीय , लोकतान्त्रिक , गणतन्त्र नेपाल जिन्दावाद जिन्दावाद 

२)नेपाली काग्रेस जिन्दावाद जिन्दावाद 

३ ) सर्वसत्तावादी ओली सरकार – मुर्दावाद मुर्दाबाद 

४ ) तनहुँमा भएको दुर्व्यवहार- अपमान र अत्याचार 

५) बढ्यो महिला हिंसा र बलात्कार- अकर्मण्य भो ओली सरकार 

६ ) चारैतिर भ्रष्टाचार -जनताले चिन्यो ओली सरकार 

७)अति भो अति भो – मुलुककै छवि अति भो 

८)जनता कोरोनाको मारमा -नेकपा सत्ताको जितहारमा 

९)औषधि छैन , मल छैन -सत्ताको लडाई लाज छैन 

१० ) नेपाली काग्रेस- जिन्दाबाद ,लोकतान्त्रिक समाजवाद -जिन्दावाद 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …