तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैंर आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए) मलेसियाले १३५ औं अन्तर्राष्ट्रिय श्रम दिवस मनाउने भएको छ ।

एनआरएनए मलेसियाले यहीँ मिति २०२४ मे १ तारिख बुधबार दिउसो १ बजे देखि मलेसिया स्थित क्वालालम्पुरमा रहेको एनआरएनए मलेसियाको आफ्नै सभा हलमा श्रम दिवसको अवसरमा शुभकामना आदानप्रदान गरि मनाउन लागेको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले जानकारी दिनुभएको हो ।

थापाले मे १ तारिख श्रमिक हरुको विशेष दिन भएकोले उक्त कार्यक्रममा मलेसियामा रहेको श्रमिकहरु संग विभिन्न संस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमका साथ भलोकुसारी गर्ने र कार्यक्रममा सबै उपस्थित सहभागीहरुलाई खानापानीको व्यवस्था गरिने बताए ।

त्यसैगरी उक्त कार्यक्रममा टिकापुर कैलालीका विनोद थापा र, सोलुखुम्बु दुधकुण्डका दावा शेर्पालाई विशेष समान गरिने एनआरएनए मलेसियाका महिला संयोजक इन्दु बस्नेत (क्षेत्री) ले जानकारी गराएकि छिन् ।

थापाले २८ जुलाई २०२३ मा १ मिनेटमा १३६ पटक जम्पिङ ज्याक (खुट्टा फट्याउँदै हात माथि गरेर गरिने शारीरिक अभ्यास) गरेर विश्व रेकर्ड राखेका थिए। भने दावा शेर्पाले गत केही महिना अगाडी आफु कार्यरत सपिङ महलमा डियुट्टीकोको समय एक सुर्केसमा ५ लाख भन्दा बढी मलेसियान रिंगेट भेटेर इमानदारीताको साथ आफ्नो कम्पनीको म्यानेजरलाई बुझाएर आफ्नो र नेपाली श्रमिकहरुको विश्वास इमानदारीता स्वाभिमान देखाएको थियो। र सोही क्रममा उनीहरुको योग्दान र इमानदारीलाई कदर गर्दै श्रमिक दिवसको अवसर परि समान गर्न लागेको संयोजक इन्दु बस्नेत (क्षेत्री) ले बताइन ।

त्यस्तै कार्यक्रममा उपस्थिति हुनका लागि सामाजिक संजाल मार्फत मलेसियाका लागि नेपाली राजदूतावास र विभिन्न राजनीतिक, सामाजिक, जातीय गैरजातीय संघसंस्था हरुलाई समेत निमन्त्रणा गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …