तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सहमहामन्त्री कुशराज राईले कम्युनिस्ट पार्टी र केपी शर्मा ओली सरकारमाथि गम्भीर आरोप लगाउनु भएको छ।

राईले दुलो भित्र पसेको मुसो दुलोमा नै मृत फेला पर्दा जनता नै चकित भएको प्रष्ट पार्नुभयो । अन्न कपडा र खाने सामाग्री खाएर नष्ट पारेको मुसो मृत देख्दा जनता खुशी भएको राईको भनाई छ । उहाले मृत मुसोलाई कम्युनिस्ट पार्टी र सरकार सँग तुलना गरेको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता सुवास संगम राईले जानकारी दिनुभयो ।

नेपाल तरुण दलद्वारा आयोजित वडा स्तरीय भलिबल कार्यक्रमलाई प्रमुख अथितीको आसन बाट सम्बोधन गर्दै राईले जिल्लामा र थुलुङ दुधकोशी गाउँपालिकामा कांग्रेसले धेरै जोखिम मोलेर विकास गरेको दाबी गर्नुभयो। जनताले कहिले निर्वाचन आउँछ र कांग्रेसलाई जिताउ भन्ने लाईनमा जनताको आश्वासन रहेको राईको दावी रहेको प्रवक्ता राईले बताउनु भयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य जय प्रसाद राईले कम्युनिस्टहरुले देशमा केही गर्ने नसक्ने र उनीहरूले जानेको झुट बोल्न र जनतालाई फसाउन मात्र जानेकाले यस्तो व्यवहारलाई कांग्रेसले खुलेरै विरोध गर्न नेता कार्यकर्तालाई सुझाव दिनुभयो ।

यस्तै नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका सभापति महेन्द्रदीप राईले कम्युनिस्टहरु एक्लै कुदेर प्रथम हुन खोज्ने स्वच्छ दलिय प्रतिस्पर्धा बाट भाग्न खोजेको देख्दा आफू अच्चमित भएको गुनासो गर्नुभयो । सभापति राईले पालिकामा जस्तो गुरु त्यस्तै चेलाहरु भएको भन्दै व्यङ्ग्य गर्नुभयो ।

नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अश्विन बाबू थापाले नेपाल दुईवटा भाईरसले ग्रसित भएको भन्दै यसलाई परास्त गर्न तपाईं हामी सबै लागि परेनौ भने देश रेड जोन तिर जान सक्ने आकलन गर्नुभयो । उहाँले कार्यक्रम गर्न नदिन खोज्नु नेकपाको गम्भीर गल्ती भएको भन्दै फेरि यस्तै गरे कांग्रेस चुप लागेर नबस्ने घोषणा गर्नुभयो ।

नेपाल लेखक संघका अध्यक्ष सुवास संगम राईले कांग्रेसले जनता सामु राम्रो काम गरेको देखेर कम्युनिस्टलाई डाह लागेको र यस्तै राम्रो काम गर्न कांग्रेसको पुच्छर भएर खुट्टा मोल्न सुझाव दिनुभयो ।

कार्यक्रमलाई वडा सभापति पदम बहादुर राई नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला उपाध्यक्ष भिमचन्द्र राई लगाएत अन्य जिल्ला तथा स्थानीय नेताहरूले सम्बोधन गरेको प्रवक्ता राईको भनाई छ ।

भलिबल खेलमा ९ टिमको सहभागी रहेको छ।कार्यक्रम थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका तरुण दल अध्यक्ष नरेश राईको सभापतित्व तथा नेपाली कांग्रेस सोलुखुम्बुका सहमहामन्त्री कुशराज राईको प्रमुख आथित्यतामा उदघाटन सत्र समापन भएको नेपाली कांग्रेस लोखिमले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …