तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण विभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाद्वारा आयोजना गरेको स्वागत कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।

थाइल्यान्ड, सिङ्गापुर हुदै मलेसिया त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए। भ्रमणको क्रममा मोक्तानलाई स्वागत गर्न घेदुङ संघीय कार्यसमितिका केन्द्रिय सदस्य मिलन दोङ र प्रवास शाखा मलेसिया परिवार उपस्थित भएका थिए ।

भेटघाट साथै औपचारिक कार्यक्रममा विभागीय प्रमुख मोक्तानले घेदुङमा बिगत ३० बर्ष देखि घेदुङमा लागि परि रहे पनि घेदुङ्ले गरेको संघर्षले सफल पाउन नसक्दा दुख लागेको बताए। त्यस्तै घेदुङ मलेसिया परिवारलाई प्रवासमा भए पनि तामाङ नेताहरुले गर्दै आएको कामहरुमा खबरदारी गर्न अनुरोध गरे। त्यस्तै हामिले अधिकार प्राप्त गर्न अझै संघर्ष गर्न पछि नपर्ने बताए र तामाङ ले अधिकार र नेतृत्व नपाउनु भएको तामाङ हरुको एक आपासमा लड्नु मुख्य कारण रहेको बताए त्यस्तै कार्यक्रममा प्रवास कार्य समिति लाई प्रशिक्षण दिएका थिए ।

त्यस्तै स्वागत कार्यक्रम न्यू खुकुरी रेस्टुरेन्टमा भएको थियो भने कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र वाईबा,केन्द्रिय सदस्य मिलन दोङ मन्तव्य दिएको थियो भने कार्यक्रमको अध्यक्षता घेदुङ प्रवास शाखा मलेसियाका अध्यक्ष मिलन थिङ ले गरेका थिए ।

त्यस्तै बिभागीय प्रमुख मोक्तान हेटौंडा उप-महानगर पालिका १५ का जन निर्वाचित वडा अध्यक्ष पनि हुन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …