तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट तथा अन्तरकृया कार्यक्रमको अन्तिम तयारी सकिएकोछ। कार्यक्रम जनवरी ७ तारीख क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा हुने भएको छ ।

पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट तथा अन्तरकृया कार्यक्रम मलेसियामा रहेका नेपालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना भएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले बताउनु भयो ।

कार्यक्रमको आधिकारीक जानकारी तथा निमन्त्रणा दिन जनवरी ३ तारीख बिहान नेपाली दुताबास मलेसियामा राजदुत डिल्लीराज पौडेललाई पत्र बुझाएको थियो। यस क्रममा राजदुत पौडेलले कार्यक्रमको शुभकामना दिदै यस्ता किसिमको उच्च स्तरीय भ्रमण तथा कार्यक्रमहरुले बिदेशमा रहेका नेपालीहरुलाई देश प्रतिको माया जगाउने बताउनुभयो। मलेसियामा नेपालीहरुले भोगिरहेको समस्या समाधानमा महत्त्वपूर्ण भुमिका खेल्ने राजदुत पौडेलले उल्लेख गर्नुभयो ।

कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ र प्रवास विभाग प्रमुख आनन्द अधिकारी जनवारी ३ तारीख बिहानै मलेसिया आईपुगेको आयोजक समितिका सदस्य सुभद्रा लिङ्देनले जानकारी गराउनुभयो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन जनवरी ५ तारीख बिहान मलेसिया आईपुग्ने र कार्यक्रम सम्पन्न पश्चात जनवरी ८ तारीख स्वदेश फर्कने पनि बताउनु भयो ।

कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजकले बताएकोछ। कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका साथ ऐतिहासिकरुपमा सफल हुने आयोजकको दाबी छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …