तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । मलका युनाइटेड फुुटबल क्लबको आयोजनामा प्रथम मलका कप २०२३ मलेसिया स्थित मलका राज्येको जसिन स्टुडियममा सुरु भएको छ ।

मलका युनाइटेड फुटबल क्लबका अध्यक्ष उमेश महतोको अध्यक्षता भएको युक्त प्रतियोगितामा प्रमुख अतिथि रहनु भएको नेपालीका लगि नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेलले उद्घाटन गर्नुभएको थियो। भने प्रथम उद्घाटन खेलमा आयोजक टिम र गैरआवासीय नेपाली संघ एनसीसी मलेसियाका टिम बिच खेेल भएको थियो ।

प्रतियोगितामा गैरआवासीय नेपाली संघ एनसीसी उपाध्यक्ष हेम राज सापकोटा, सचिव बिष्णु प्रसाद बराल, एनआरएनए मलेसियाका युवा संयोजक राजु तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग मलेसियाका संयोजक नेत्र केसी, लगायत मलेसियामा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु ब्याबसायी बुद्धिजीवी समाजसेवी र पत्रकार लगायत उपस्थिति रहेको थियो ।

प्रतियोगितामा मलेसियाका विभिन्न राज्यबाट १७ टिमकाे सहभागीता रहेको प्रथम मलका कप फुुटबल प्रतियोगिताको आयोजक सुनिल थापाले जानकारी गराए। आरटी, काईफा, न्यु एनआरटी, एनएफसी, मोरङ लायन, एनवाई, मिलन्सार, मकालु भान्सा र मलका युनाइटेड फुटबल क्लब ए पोलबाट खेल्नेछ भने एफइटिटीए, एमआईटिसी, रोयल नेपाल, एनवाईसी, हिमालायन, नेपाल युनाइटेड, जेबी युनाइटेड, मलका युनाइटेड क्लबका खेलाडीहरुको प्रतियोगितामा सहभागीता रहेको छन् ।

प्रतियोगिताको विजेताले १० हजार ५१ मलेसियान रिंगेट सहित ट्रफी र द्वितीयले ५ हजार ५१ मलेसियान रिंगेट सहित ट्रफी पुरस्कार पाउनेछ। भने डिसेम्बर २४ तारिख देखि सुरु भएको उक्त प्रतियोगिता २५ डिसेम्बर सोमबार सम्म सञ्चालन हुने छ ।

त्यस्तै प्रतियोगितामा टाढा टाढाबाट आएको खेलाड खेलाडी टिमलाई बस्नको ब्यवस्था आयोजकले नै गर्ने आयोजक समितिका संयोजक उमेश महतोले बताए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …