मलेसिया । किरात राई यायोख्खा शाखा मलेसियाले उधौली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा साकेला सिलि नाच्ने भएको छ ।
मंसिर पूर्णिमाको दिनदेखि सुरु हुने किरात सामुदायहरुको महान चाड उधौली पर्व यहीँ डिसेम्बर ३१ तारिख आइतबारका दिन एनआरएनए मलेसियाको सभा हलमा दिउँसो १ बजे देखि उत्साहको साथ मनाउने भएको छ ।
किरात राई यायोख्खा शाखाा मलेसियाका अध्यक्ष तेज कुमार राईको अध्यक्षतामा गत डिसेम्बर १० तारिख आइतबारको दिन बसेको बैठकले किरात राईहरुको चाड उधौली साकेला मनाउने निर्णय गरेको हो ।
किरात राईहरुको मौलिक पहिचानको संरक्षण गर्न र भेेषभुषा, भााषा धर्म संस्कार संस्कृतिको जगेर्ना गर्न किरात राई यायोख्खा शाखा मलेसियाले संस्था स्थापनादेखि उधौली उभौली पर्व मनाउँदै आएको छ ।
यस् उधौली पर्वलाई किरात समुदायहरुले नयाँ अन्न बाली भित्र्यायाउने अन्नको सह होस् अन्नमा चरामुसा नलागोस् भन्दै पितृ प्रकृति पुज्ने र मंसिर पूर्णिमाका दिनदेखि साकेला नाच्दै मनाउने गरिन्छ। त्यस्तै मंसिर पुर्णिामाको दिनबाट मनाउने पर्वलाई मानिस जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेतकोरुपमा लिने गरिन्छ ।
त्यस्तै किरात समुदायहरुले अन्नबाली लाउने बेला बैशाख पुर्णिामामा उभौली पर्व तथा अन्नबाली पाके पछि उधौली पर्व मनाउने प्रचलन छ। प्राकृतिक पूजक किराती हरुको दोस्रो ठुुलो चाड भनेर चिनिन्छ। मंसिर पुर्णिामाको दिनदेखि सुरुहुने उधौली पर्व १५ दिन सम्म साकेला नाचेे मनाईन्छ। भने बैशाख पुर्णिामाको दिनदेखि सुरुहुने उभौली पर्व महिना दिन सम्म साकेला नाचेर मनाउने चलन रहेको छ ।
उक्त किरात राई यायोख्खा शाखा मलेसियाले आयोजना गरेको उधौली साकेला पर्वको कार्यक्रमका लागि एभरेस्ट किचेन रेष्टुरेन्टले प्रयोजग गरेको छ। कार्यक्रममा किरात राईहरुको किरात परिकार खानाको साथ साकेले सिल्लिनाच र शुभकामना आदानप्रदान गरिने छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …