तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री तथा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री माननीय राजेन्द्र लिङ्देन जनवरी ६ तारिख दुइ दिने भ्रमणका लागि मलेसिया आउने भएका छन् ।

लिङ्देन मलेसियामा रहेका नेपाली श्रमिकहरु संग भेट घाट तथा अन्तरक्रिया कार्यक्रमका लागि मलेसिया आउन लागेका एक ब्याबसायी सुभद्रा लिङ्देनले बताए। उनले भनिन् नेपाली हरुले मलेसियामा भग्नुपरेका र भगिरहेका समस्या बारे श्रमिकहरु संग साक्षात्कार तथा भेटघाट अनुगमन गरेर यहाँको समस्यालाई संसद सम्म पुर्‍याउन उद्देश्यले मलेसिया आउन लाग्नुभएको हो ।

लिङ्देन मलेसिया स्थित क्वालालम्पुरमा रहेको ग्रान्ड कन्टिनेन्टल होटलमा जनवरी ७ तारिख आइतबारका दिन मलेसियामा रहेको श्रमिकहरुका साथ विभिन्न संघसंस्था व्यापार ब्याबसायी लगायत संग अन्तरक्रिया कार्यक्रम गर्ने तय गरिएको छ। भने ८ तारिख नेपालीका लगि क्वालालम्पुर मलेसियामा रहेको नेपाली राजदुतावास संग छलफल तथा भेटघाट गर्ने कार्यक्रम रहेको सुभद्रा लिङ्देनले जानकारी दिएकि छिन् ।

उनलेे भनिन् छोटो समय भएकोले हामीले मलेसियामा निकै ठाउ कार्यक्रम गर्ने नसक्ने बताउदै सोही एक दिने अन्तरक्रिया कार्यक्रममा मलेसियामा रहेको नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरु सबैजना १२ बजेनै उपस्थित भएर उहाँ संग प्रत्यक्ष भेटेर साक्षत्कार गर्न अनुरोध गर्दै लिङ्देन राप्रपाको नेता मात्र नभएर राष्ट्र कै एक लिडर नेता दाबी सहित गरिकि छिन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री तथा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री माननीय राजेन्द्र लिङ्देन उक्त दुइ दिने मलेसिया भ्रमण लगत्तै जनवरी ९ तारिख स्वदेश फर्किनुहुने सुभद्रा लिङ्देनले जानकारी दिएकि छिन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …