तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको होटल ग्रान्ड कन्टिनेन्टलमा सम्पन्न भएको अधिवेशनले अर्पण मगरको अध्यक्षतामा १३ जनाको सदस्य सहित नयाँ कार्यसमितिका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनले संघको उपाध्यक्षमा घनश्याम थारु (RN) निर्विरोध निर्वाचित भएका छन्। भने समितिको सचिवमा इश्वर राई र सह- सचिवमा श्रष्टि सुनुवार, कोषाध्यक्षमा मिलन दोङ् तामाङ, सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरमा क्रमशः सविन लोप्चन तामाङ, जुद्दा चौधरी, सुर्या घर्ती मगर, सन्तोष थामी, यज्ञ कुमार राई, बिन्दु दर्लामी मगर, शाही कुमार तामाङ, सन्तोष राई निर्वाचित भएका हुन् ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन) को सभापतित्वमा र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यता सम्पन्न भएको अधिवेशनमा विशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राई अतिथिहरु किरात याक्थुङ् चुम्लुङ्का अध्यक्ष दिल केरुङ लिम्बू गैर आवासीय नेपाली संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष इन्द्र लिम्बू, पुर्व गैर आवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष सुन्दर आले लगायत विभिन्न राजनीति दल प्रवासी नेपाली मञ्चका अध्यक्ष दयाराम कुमाल, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग मलेसियाका संयोजक नेत्र केसी, नेपाली प्रवासी एकता समाज (पानस) का अध्यक्ष सुभद्रा लिङ्देन लगायत
मलेसियामा स्थापित नेपाली ब्यावसायी, रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक, सामाजिक संघसंस्थाका अध्यक्ष, पदाधिकारीहरु र नेपाली श्रमिकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

इश्वर राईले संचालन गरेको उक्त कार्यक्रममा अधिवेशन कार्यक्रमको संयोजन अर्पण मगरले कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, र अतिथिहरुले नव निर्वाचित कार्यसमितिकालाई बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …