तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसंगै देश यतिबेला चुनावी बाटोमा हिडिरहेको छ । आगामी बैशाखमा प्रतिनिधिसभाको चुनाव हुदैछ । केहि राजनीतिक दलका नेताहरुले वैशाखमा चुनाव हुने नहुने भन्ने कुरामा शंका व्यक्त गरेतापनि, अहिलेसम्म हेर्दा चुनाव हुने निश्चित नै छ ।

चुनावको लागि मतपत्र छपाई, कर्मचारी खटनपटन, मतदाता शिक्षा लगायत उम्मेदवारको चुनावी खर्च सबै कुराहरुलाई हेर्दाखेरी प्रतिनिधिसभाको चुनाव एकदमै खर्चिलो हुनेवाला छ । समग्रमा चुनाव एक खर्चिलो राजनीतिक अभ्यास पनि हो ।

चुनावको लागि आवश्यक आर्थिक व्यवस्थापन सरकारले गरिसकेको बताएको छ । चुनावको लागि बजेट अभाव नहुने अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठको भनाई छ।

चुनावको लागि आर्थिक पक्ष सबल पारेर राखेको सरकारले चुनावभन्दा बढी महत्वपुर्ण नेपालि नागरिकको स्वास्थ्यको लागि खोप खरिदको लागि भने दान मागेको छ । सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप नि:शुल्क दिने घोषणा गरेको सरकारले बुधबार सार्वजनिक सूचना जारी गरी आर्थिक सहयोग माग गरेको हो ।

अहिलेसम्म कुल जनसंख्याको ७२ प्रतिशतलाई नेपाल सरकारले नै भ्याक्सिन दिने योजना बनाएको छ । यसका लागि ४८ अर्ब नेपाली रुपैयाँ लगात अनुमान गरिएको छ । एक भाइल खोपलाई औसतमा १० डलरको मुल्य राखेर हिसाब गर्दा यति खर्च आउने हिसाब गरिएको छ ।

कोरोनाको महामारीबाट जनतालाई बचाउनको लागि आवश्यक स्वास्थ्य उपकरणहरु किन्नको लागि पैसा नझिक्ने सरकारले चुनाबको लागि अर्बौ रकम खर्च गर्नको लागि तयार हुनु एउटा ठुलो आश्चर्यजनक कुरा नै हो ।

सरकार चुनावका लागि अर्बौ रकम खर्च गर्न तयार छ तर कोरोना भाईरसविरुद्धको खोप खरिदको लागि अन्य निकाय हरुसंग सहयोग माग्ने जुन कुरा छ, यो सरकारको बिल्कुलै राम्रो पक्ष होईन ।

सरकारको उक्त कदमले जनमानसमा एउटा नराम्रो संदेश प्रवाह हुन् सक्छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …