तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एवं पुर्व सांसद बल बहादुर केसीले   संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताउनु भएको छ।

सोमबार सोलुखुम्बुमा भएको विरोध  कार्यक्रममा बोल्दै केसीले कम्युनिस्टले देशको भलाई हुने काम कहिल्यै नगर्ने भन्दै उहाँले देशमा ‘कु’ भएको र प्रधानमन्त्री केपी वलीले देशलाई डुबाएको आरोप लगाएका छन् ।

सोलुखुम्बु कांग्रेसले आयोजना गरेको उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले देशमा समृद्धि कांग्रेस कै पालामा भएको र अझ अब सरकार विरुद्ध सस्कत आन्दोलन गर्ने बताएका छन् । छ। त्यसै नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले केपी वली श्री ३ बन्न खोजेको आरोप लगाएका छन् ।

विरोध कार्यक्रममा  महासमिति सदस्यहरु जिल्ला स्तरीय नेताहरु भातृ तथा शुभेच्छुक संस्थाका नेताहरु लगाएत स्थानीय नेताहरूको बाक्लो उपस्थिती रहेको नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिकाका सभापति महेन्द्रदीप राईले जानकारी दिएका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …