तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद खोटाङको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

आइतबार खोटाङ स्थित दिक्तेलको समिक्षालय हलमा सम्पन्न भएको नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद खोटाङ दोस्रो अधिवेशनले सोनामहाङ राई अध्यक्षतामा २० जनाको सदस्य सहित नयाँ कार्यसमिति सर्वसहमत गठन गरेको छ ।

त्यस्तै उक्त अधिवेशनले संघको उपाध्यक्षमा एलिना भुजेल, र सर्मिला माझी सर्वसम्मत चयन भएकी छिन्। भने सचिवमा लक्ष्मि राई, सह- सचिवमा गंगा मगर, र सजिन राई चयन हुनुभएको छ। त्यस्तै समितिको कोषाध्यक्षमा लमि शेर्पा रहेकी छिन् ।

त्यसैगरी सदस्यहरुमा सम्झना राई, जाङ्बु शेर्पा, फुर्वा शेर्पा, आङ्निमा शेर्पा, छिरिङ शेर्पा, तेन्जी शेर्पा, लक्ष्मि शेर्पा, याङ्डी शेर्पा, ङकि शेर्पा, पाल्जुम शेर्पा, बिमला राई, शुशिला राई, न्यान्सी राई र सन्ध्या मगर रहेकी छिन् ।

महासंघका अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप-महासचिव रामकृष्ण ब्लोन तामाङको प्रमुख अतिथिमा खोटाङको दिक्तेलस्थित समिक्षालय हलमा भएको कार्यक्रममा अतिथिहरु गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष बिलाम मोक्तान, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …