तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमन खबर

वि.पी. विचार राष्ट्रिय सामाज ओमसतियाले मास्क वितरण कार्यक्रमको आयोजना गरी ३८ औं वि.पी. स्मृति दिवस मनाएको छ ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी) लाई स्मरण गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ हाटी फर्साटीकरमा मास्क वितरण कार्यक्रम आयोजना गरी ३८ औं वि.पी. स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वि.पी. नेपाली कांग्रेसको मात्र नभई आम नेपालीको साझा नेता भएको बताए ।

देश र जनताको सर्वोपरी हितका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वि.पी.ले देखाएको बाटो अवलम्बन गर्दै उहाँको विचार, सिद्धान्त र निष्ठाको राजनीतिलाई आत्मसाथ गर्नुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य दिपक पौडेलले वि.पी.को विचार र सिद्धान्त नेपालको लागि मात्र नभई संसारकै लागि अनुकरणीय विचार भएको उल्लेख गर्दै देश र जनताको सर्वोपरी हितका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु वि.पी.ले कोरेको बाटोमा एकढिक्का भएर अगाडि बढ्ने बताए ।

उनले महामारीका बेला जनताको रक्षक बन्नु पर्ने सरकार नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै ओली सरकारलाई अरोप लगाउँदै नेपाली काँग्रेस सदैव जनताको साथमा रहेको बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेस महासमिति सदस्य दिल बहादुर चौधरीले जनताको रक्षक बन्नुपर्ने सरकार कोभिड सम्बन्धि स्वास्थ्य सामाग्री खरिदमै भ्रष्टाचार गरेर बदनाम भएको सरकारले परराष्ट्र नीतिमा समेत फेल खांदा विश्व सामु आम नेपालीको शिर निहुरिएको बताए ।
उनले महामारीबाट जनतालाई जोगाउँनुका साटो करोडौं भ्रष्टाचार गरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको आरोप लगाए ।

वि.पी विचार राष्ट्रिय सामाज ओमसतिया-३ नम्बर वडा समितिका अध्यक्ष दयाराम पालको अध्यक्षता तथा युवा नेता तथा क्षेत्रीय प्रतिनिधि प्रकाश चौधरीको स्वागत मन्तब्य एवं जितेन्द्र थारूको सञ्चालनमा भएको कार्यक्रममा पूर्व गा. वि. स. अध्यक्ष तथा नेपाली कांग्रेस ओमसतिया सभापति भगवान प्रसाद चौधरी, युवा नेता प्रकाश चौधरी लगायतले बोल्दै वि.पी.को सिद्धान्त र विचारको अपहेलना गरी दुई तिहाइको सरकारले आम जनताको अपेक्षा अनुरुप काम गर्न नसकेका बेला नेपाली कांग्रेस शसक्त र क्रियाशील भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

ओली सरकार इतिहासकै भ्रष्ट र नालायक भएको दाबी गर्दै नेपाली काँग्रेस त्यसका बिरुद्ध खबरदारी गर्दै देश र जनताको हितकालागि अझै जागरुक भएर नेपाली कांग्रेस पार्टीको नेतृत्व विधिसम्मत ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …