तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपालभर पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो।

कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ ।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

मन्त्रालयले काेभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेकाे छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …