तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् ।

लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ चिन्ता व्यक्त गरिरहेका छन् । प्रमुख साह भने ‘लामो समय फोहोर नउठ्दा’समेत व्यवस्थापनमा सक्रिय नदेखिएको पाइएको छ ।

महानगर प्रमुख निर्वाचित भएलगत्तै सक्रिय देखिएका साहमाथि पछिल्लो समय भने ‘सम्झौताक्रममा गरेका प्रतिबद्धता पूरा गर्ने र समस्या समाधानमा निष्क्रिय देखाएको’ आरोप लागेको छ । नगरकार्यपालिकाको बिहीबार बसेको बैठकमा वडाध्यक्षले प्रमुख साहको ‘एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापनसम्बन्धी काम’ जानकारी नदिएको’ भन्दै चर्को आलोचना गरेका छन् ।

वडा १० अध्यक्ष रामकुमार केसीले ‘प्रमुखले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको’ भन्दै ‘टिमवर्कमा काम गर्न’ आग्रह गरेका छन् । ‘प्रमुख असफल भए सिंगो महानगर जनप्रतिनिधि असफल हुने’ उनको भनाइ छ । ‘पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म बैठक नबोलाइएको’ समेत बैठकमा आलोचना भएको छ । कार्यपालिका सदस्यहरूले ‘गाईजात्रा, इन्द्रजात्राजस्ता पर्व आइसकेकाले रातारात फोहोर नउठाए समस्या आउने’ औंल्याएका छन् ।

केन्द्र सरकारप्रति आक्रोश

काठमाडौं महानगरपालिका वडा अध्यक्षहरूले केन्द्र सरकारको पनि विरोध गरेका छन् । फोहोर व्यवस्थापनमा ‘आवश्यक सहयोग नगरेको’ भन्दै कतिपय वडा अध्यक्षले चर्को आलोचना गरेका हुन् ।

वडा ३० अध्यक्ष दलबहादुर कार्कीले ‘काठमाडौंवासी अब केन्द्र सरकारविरुद्ध लाग्न बाध्य भएको’ बताए । ‘केन्द्र सरकारले महानगरलाई सहयोग गर्दैन भने फोहोर बाग्मतीमा बगाइदिनुपर्छ,’ उनको आक्रोश छ, ‘प्रमुख सा’ब अहिले गाडी निकाल्नूस्, अहिल्यै ट्रक लिएर त्यो युनपार्कबाट बाग्मतीमा फोहोर खन्याइदिऊँ । जसरी भए पनि काठमाडौंको फोहोर व्यवस्थापन हुनैपर्छ ।’ महानगरपालिकाले यसअघि फोहोर विसर्जन गर्ने नुवाकोटस्थित सिसडोल तथा बन्चरेडाँडा ल्याल्डफिल्ड साइटको बाटो निर्माणका लागि काठमाडौंबासीलाई एक साता घरमै फोहोर राख्न अनुरोध गरेको थियो ।

एक सातापछि फोहोर उठाउनेक्रममा बाटो बिग्रिएको, फोहोरका कारण प्रदूषण बढेकोजस्ता समस्या लिएर ल्यान्डफिल्ड साइटका स्थानीयले फोहोर बोकेका गाडी आवातजावत् अवरोध खडा गरेका छन् । गत सोमबार राति बन्चरेडाँडा सडकखण्डको ‘आलेटार’ भन्ने ठाउँमा अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ ।

महानगरको लापर्बाही : मन्त्रालय

सहरी विकास मन्त्रालयले भने महानगरको ‘लापर्बाही’का कारण समस्या थपिएको बताएको छ । मन्त्रालयले आफ्नो तर्फबाट पूर्वाधार निर्माण कार्य गरिरहेको जनाउँदै ‘महानगरले फोहोर विसर्जनपछि सो स्थानमा गर्नुपर्ने काममा केही लापर्बाही गरेका कारण समस्या आएको’ जनाएको छ ।

विसर्जनपछि गन्ध नआओस् भनेर स्प्रे गर्ने, सडकमा फोहोर खस्न नदिनेलगायत बाचाबाट महानगर चुक्दा समस्या आएको मन्त्रालयको दाबी छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …