रुस वेलारूस पोल्यान्ड मालडोमा हङ्गेरी स्लोभाकिया तथा दक्षिण तर्फ काला सागरको वीचमा रहेको पुर्वी युरोपको सुन्दर देश युक्रेन युरोप भरिको दोश्रो ठूलो देश हो । प्राचीन तथा आधुनिक समय देखि नै देशको स्थापना, अखन्डता तथा सम्प्रभूताका लागि धेरै वलिदान दिदै आएका युक्रेनीहरू १९९१ बाट सोभियत संघबाट स्वतन्त्र भएपछि भने एउटा सम्प्रभु राष्ट्को रूपमा यसले आफ्नो आन्तरिक लोकतन्त्रको सुदृढ गर्दै देशको आर्थिक बिकास तर्फ फड्को मार्दै थियो ।
करिव ४ करोड पचास लाख जनता भएको युक्रेन अन्नमा गहु, ओटस जौ तथा आलु, सुर्यमुखी तेल माछा उत्पादन त्यस्तै ट्रान्सपोर्ट सामान, मेशिनरी सामान तथा स्टील उत्पादन गरि निर्यात गर्ने युरोपको मुख्य राष्ट्र हो । यहाँ ८३ प्रतिशत युक्रेनी जाति र ६ प्रतिशत पुर्वी युक्रेनमा रसियन जाति बसोबास गर्दछन भने ५० प्रतिशत जति युक्रेने अर्थाेडक्स चर्चमा आबद्ध छन भने ४२ प्रतिशत जति युक्रेनियन क्याथोलिक धर्ममा ।
कीएभ राजधानी हो भने, डोनेस्क, खारकीभ, मारियोपोल , ओडेसा ,जपोरजिया र लभीव मुख्य शहरहरू हुन् । यहाँ करिव ७० प्रतिशत शहरमा र ३० प्रतिशत जति ग्रामीण इलाकामा बसोबास गर्दछन । पाउरोटी उनीहरूको मुख्य खाना हो। औधगित उत्पादन तथा पर्यटन क्षेत्रमा राम्रो प्रगति गरेको युक्रेन बिज्ञान तथा प्रविधिमा पनि समुन्नत हुने क्रममा छन् । युक्रेन युरोपको बिकास प्रविधि र संस्कृतिको नमूना देश वन्ने क्रममा थियो । यहाँका मानिसहरूको मिलनसार स्वभाव र सुन्दरताको आकर्षणले लाखैां पर्यटक यहाँ रमाउन पुग्ने गर्दछन ।
युक्रेनमा सन १९८६ मा भएको चेर्नाेविल आणविक भट्टीको दुर्घटना कहिल्यै भुल्दैनन र सोभियत जमानामा पुर्वी क्षेत्रमा गरिएको औयोगिकिकरण तथ जथाभावीको कोइला खानीको सन्चालनले बिग्रेको पर्यावरणका कुरा कहिले भुल्दैनन र अहिले वातावरण संरक्षणमा धेरै सचेत रहने गरेकाछन् । युक्रेनीहरू कला साहित्य तथा संगितमा र खेलकुद मनोरन्जनमा पनि धेरै धनि छन् र लगाव राख्दछन् । मानव बिकास सूचकाँकको ८४ औ स्थानमा भएको युक्रेनका नागरिको प्रतिव्यक्ति आय करिव ८५०० डलर छ ।
युक्रेनमा फल्दै फुल्दै गरेको लोकतन्त्रले रूसमा आफ्नो तानाशाही धरापमा पर्न सक्ने शंका र युरोपीय समुदायका राषट्र संगको वढ्दो कारोवार र हिमचिम देखि सहन नसकेको रूसले युक्रेनबाट आफ्नो सुरक्षा माथि खतरा भएको आरोप लगाउदै गत फेव्रुअरी २४ देखि एक्कासी भारी वम वर्षा गर्दै युक्रेनमाथि हमला गरिरहेको छ । यो हमला देख्दा लाग्दछ राष्ट्पति पुटिनले आफ्नो कव्जामा लिनको लागि पुरै युक्रेनलाई वर्वाद गर्न पनि तैयार छन् । हमलामा उसले आफ्ना अत्यन्त घातक वमहरू भ्याकुम वम जो जेनेभा कन्भेन्सनल अनुसार उपयोग गर्न अपराध मानिन्छ यस्तो वमले समेत अन्धाधुन्ध हमला गरिरहेको छ । युक्रेनका धेरे शहरहरू आगलागीबाट ध्वस्त भैरहेको छ , हजारौ मानिसहरू तडपिइ तडपिइ वम आक्रमणबाट मारिएका छन्, अहिले सम्म १५ लाख वालवालिका समेत जम्मा ३० लाख भन्दा वढी छिमेकी देशमा शरण लिन गैरहेका छन् । देशै भरी बिजुली पानी खाने चीजहरूको उत्पादन छिन्नभिन्न गरिदिएर भोकप्यासबाट तडपाउदै छन् । यो विभत्स दृश्य सायद दोर्सो विश्वयुद्ध पछिको पहिलो हो । यो वर्वर अपराध देख्दा बौद्ध कथा अंगुलिमालको सम्झना हुन्छ ।
व्याधा अंगुलिमालले आफु नजिक आए मारिदिने हुंकार गरेता पनि भगवान वुद्द सरासर अंगुलीमालको अगिल्तिर जानुभयो र अगाडिको रूखको हागाको पात झारेर देखाउने चुनौति दिनुभयो, तव उसले मैले हजारौ मान्छे मार्न त सक्छु भने यी पात खसाल्न त के ठूलो कुरा भयो र भन्दै झटारो हानेर धेरै पातहरू रूखबाट खसाल्यो । खसालेको एकमात्र पात जस्ताको तस्तै फेरि हाँगामा जोडेर देखाउन वुद्दले भन्नुभयो तव अंगुलीमालले त्यसो गरेर देखाउन सकेन, तव वुद्दले भन्नुभयो तिमीले खसालेको एउटा पात मात्र जोड्न सक्दैनौभने तिमी कसरी महान ?
के तिमीले मारेका हजारौ मानिस मध्ये एक मानिसलाई पनि वचाएर जीवन दिन सक्छौ ? यदि सक्दैनौ भने तिमी कसरि महान हुनसक्छौ ? तिमी कायर हौ भन्नु भयो, तव अंगुलीमालको वहादुरीको अहंकार तत्क्षण पानीपानी भएर गल्यो। त्यस्तै हे महान देश रूसका महान नेता भलादिमीर पुटिनज्यु ! के युक्रेनीहरू तपार्इको निगाह र आसीर्वादले जन्मेका हुन् ? तपार्इले मराएका हजारौ निर्दोश वालवालिका महिला र सर्वासाधारणहरूलाई तपाइलाई कुनै दिन टिठ लाग्यो भने एकजाना मात्र पनि पुनर्जिवित गर्न सक्नुहुन्छ ? तपाई संग भएका परमाणु वमले सन्सारका सवै मानिसलार्इ मार्न सक्नुहुन्छ तर एकजानालार्इ मात्र पनि पुनर्जिवित गर्ने शक्ति छैन भने हामीलार्इ मार्ने हक पनि छैन यसर्थ किन मार्न उध्यत भैरहेका छौ?
उनिहरूको अस्पताल, घर तपाइहरूले वनाइदिएका हो ? उनीहरूको पानीका टंकीहरू, खाध्य गोदामहरू, विजुली ग्यासका उध्योगहरू तिमीहरूले वनाइदिएका हौ र वाण वर्षा गर्दै जलाएर खरानी वनाउदैछौ ? ज्यान जोगाउन सेल्टरमा लुकेकालारई मराउदैछौ, सुत्केरी अस्पताल र वालस्याहार केन्द्रमा वम हान्दैछौ? त्यति राम्रो सहर र गाउँहरू तिमीले वनाइदिएका हौ र उजाड गराउदैछौ ! के तपार्इहरूले वर्वाद गरेका युक्रेनी संरचना र ह्ृदय भरि घाउ वोकेका युक्रेनीहरूको क्षतिपुर्ति गर्न सक्छौ? जितेछौ भने पनि अहँ तिम्रो रसियन सत्तलाइ मन देखि घृणा गर्नेछन र फेरी कुनै दिनमा लखेट्नेछन्, अपमानित भएर अफगानबाट फर्केजस्तै फर्किनु पर्नेछ ।
अमेरिकीहरू भियतनामबाट फर्केजस्तै शिर निहुर्यार भाग्नु पर्नेछ । आज तिम्रै देशका हजारौ युवाहरू समेत तिम्रो बिनाश लिला देखेर रूसी हुँ भन्न सर्माउदै तिम्रो देशमा वस्न भन्दा न्यायप्रिय शासक भएका देशमा शरण लिन ठीक भन्दै जर्जिया स्लोभाकीया र टर्की तिर पलायन हुदैछन । यसर्थ यो महान कर्म होइन, कायर कर्म हो ।
हिजो छिमेकी देश जर्जियामा पनि यस्तै अन्याय गर्याो उनीहरूको केही भाग कव्जा गर्याौ । जर्जियाको आन्तरिक मामलामा हस्तक्षेप गर्दै तहाँका बिद्रोहीहरुलाई उक्साउन सेना पठाएर देश टुक्र्याइदियौ । सिरियाको आन्तरिक मामलामा हस्तक्षेप गर्दै तहाँका राष्ट्रपति वसर अल असदको सरकारलाई वचाउन सेना पठाएर हजारौ बिद्रोहीहरुलाई मराएका थियौ र अहिले पनि तपाइका सेना त्यहा तैनात छन् । सुनिएको छ तपाइका सेनाले वहादुर युक्रेनीहरू संग लडन नसकेर चेचेन्या र सिरियाका पेशेवर लडाका भाडामा ल्याएर युक्रेनीहरूलार्इ मराउदै छौ रे !
यस्तै होडलो युक्रेनको पुर्वी हिस्सामा मच्चाउदै डोनवास र लुहन्स्कलार्इ छुट्टै देश वनाउन सैनिक सहयोग गर्यौ र आँफैले ती देशलाइ पहिल्यै मान्यता दिने घोषणा गर्यौ र अहिले वाँकी युक्रेन कव्जा गर्ने धृष्टता गर्दैछौ ।वलियो भएर छिमेकीको रक्षा गरेर महानता देखाउनु पर्नेमा क्रिमीयालाई युक्रेनबाट खोसेर आफ्नै देशमा मिसायौ भएन अहिले आफ्नो सम्वृद्दि र बिकास यात्रामा लम्कदै गरेका युक्रेनीहरूका महत्वपुर्ण उधोग तथा व्यावसायिक प्रतिष्ठानमाथि क्षेप्यास्त्र प्रहार गर्दै सर्वनाश गरेर कगाँल वनाउने दुरासययबाट अगाडि वढ्दैछौ। तिमी जस्ता महानहरूले छिमेकीको रक्षा गर्नपर्नेमा भक्षक वनेर तान्डव नृत्य प्रदर्शन गर्दैछौ। हिटलरले यसै गर्दथे तिम्रो देशका अग्रजहरूले उसलाइ मृत्युसैयामा पुर्यायौ र आज सम्म त्यही गुनले रूसलाइ महान भनेर चिनिरहेका थियौ तर यो प्रतिष्ठा र रूसी कृतिलाई वमको धुवाँमा उडाउदै छौ । अव धेरै बिनाश नगर्नुहोस् पुटिनज्यु ।युक्रेनीहरू संग माफी माग्दै शिघ्र युद्द वन्द गरि, युक्रेनीहरूको वाच्न पाउने अधिकारको सम्मान गर्नुहोस् ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …