तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी महिना अक्टोबरमा हुने ११ औं महाधिवेशनमा गौरीराज जोशीले पुन एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जोशीले एनआरएनएका अग्रज अभियन्ताहरुको चाहना सुझावबमोजिम आफुले पुन एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका जोशी अध्यन संगै सामाजिक काममा लाग्दै सन् २००५ देखि गैर आवासीय नेपालीको अभियानमा जोडिएका जोशीले अमेरिकामै आईटी अध्ययन पूरा गरिसकेका उनी अमेरिकामा आईटी क्षेत्रमा सफल व्यवसायी रुपमा चिनीन्छ ।

लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय भएर लागेका जोशीले आफू पद ओगट्न मात्र नभई विश्वभरिका गैर आवासीय नेपाली हरुलाई एक ठाउमा जोड्न र एनआरएनएलाई प्रविधिमैत्री बनाएर काम गरेर देखाउन एनआरएनए आइसीसमाको महासचिव पदमा दोहोरिन चााएको बताए ।

मेम्बरसीप कोअर्डिनेटर हुदै एनआरएनए अमेरिका क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव भएको। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्यधिक मतसहित विजयी भएका थिए।

जोशी नेपाली समाज टेक्ससको पूर्व अध्यक्ष र एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।

उनको रियल स्टेट र नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आईटी व्यवसाय विस्तार गरेका छन् ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …