तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैंर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ( एनआरएनएको ) ११ औं महाधिवेशनका लागि मलेसियाबाट दुई जनाको नाम सिफारिस गरेकोछ ।

आइतबार मलेसियाको क्वालालम्पुर स्थिति एनआरएनए मलेसियाको आफ्नो कार्यलयमा बसेको बैठकले आगामी अक्टोबरमा हुन लागेको एनआरएनए आईसीसीको चुनावको लागि केन्द्रीय उपाध्यक्षमा खगेन्द्र न्यौपाने लाई सिफारिस गरिएकोछ। भने एनआरएनए एसिया प्यासिफिकको संयोजकमा हरिप्रसाद भट्टराईलाई पठाउने निर्णय गरेको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले भने यो नै आधिकारिक निर्णय हो ।

न्यौपाने विगत लामो समयदेखि सामाजिक काम गर्दै एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आईसीसी सदस्य, र एसिया प्यासिफिक सह-संयोजक हुुदै हाल आईसीसी सचिवको जिम्मेवारीमा रहेका छन् ।

त्यस्तै भट्टराई गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको अध्यक्ष पद समालिसकेका भट्टराई हाल एनआरएनएको एसिया प्यासिफिक सह-संयोजकमा छन्। भने आगामी नयाँ कार्यकाल २०२३-२०२५ का लागि एसिया प्यासिफिक क्षेत्रको संयोजकमा अगाडि बड्ने भएका हुन् ।

गैंर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएको ११ औं महाधिवेशन अक्टोबर १७ तारिखदेखि अक्टोबर २० सम्म काठमाडौंमा हुदैछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …