तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कतार । कतारमा कर्मथलो बनाइरहेका एनआरएनए सचिव प्रविन गुरुङले एनआरएनए आइसीसीको आगामी २०२३-२०२५ कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए आइसीसीको उपाध्यक्ष आरके शर्माको आगामी २०२३-२०५ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले उपमहासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेण्डालाई उचाईमा पुर्‍याउनका लागि मध्यपुर्वले नेतृत्व पाउनु पर्ने गुरुङको तर्क छ। उनले अध्यक्षका उम्मेदवार आरके शर्मालाई सफलताको शुभकामना दिदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा गुरुङले क्रमिकरुपमा २०२३-२०२५ कार्यकालका लागि उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा भन्ने मुलनारा लिएर उपमहासचिव पदका उम्मेदवारी घोषणा गरेका गुरुङ गोरखामा जन्मिएर चितवन बस्दै आएका उनी हाल कतारमा सफल ब्यवसायीको पहिचान बनाएका छन् ।

एनआरएनए एनसीसी कतारको सदस्य, उपाध्यक्ष, मध्यपुर्व उपसंयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाएर निर्विरोध निर्वाचित हुन उनी सफल भएका छन्। गुरुङले महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्णमा होस् या हावाहुरी, बाढीपहिरोमा स्थलगतरुपमा ६ सय घरधुरीलाई राहत वितरण गर्न अनि कोभिड महामारीमा ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अग्रपंतिमा रहेर काम गरेका छन् ।

नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजादै नेपालकै पहिलो नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगीको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा गरेका तथा नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल सफलतापुर्वक सम्पन्न गरेका गुरुङ युवा पुस्ताका मार्गदर्शक हुन् ।

युवा पुस्ता र खेलकुदलाई नेपालमा जोड्नका लागि आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए मार्फत तेकान्दोको मेनेजर तथा नवौं राष्ट्रिय खेलकुदमा थप जिम्मेवारी लिएर एनआरएनएलाई पदक जिताउन सफल गुरुङ आगामी कार्यकालमा पनि उही उर्जाका साथ काम गर्ने प्रतिवद्धता जनाउँछन् ।

सधै फरक र रचनात्मक कार्य गर्न रुचाउने र सामाजिक कार्यमा लागेर तन,मन र धन खर्चिरहेका गुरुङ आगामी कार्यकालका लागि सबैको रोजाईमा परेका छन्। एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका गुरुङ सबैको रोजाईमा पर्ने देखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …