मलेसिया । सुदुर पश्चिमेली नेपाली समाज मलेसियाले विगत बर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको मौलिक चार्ड गौरा पर्व यसवर्ष पनि मनाउने भएकोछ ।
सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली’ अनेकतामा एकता जैविक विविधतामा समुन्नत सुन्दर सुदूरपश्चिम हाम्रो प्रतिबद्धता भन्ने मुल उद्देश्यका साथ स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी सेप्टेम्बर १० तारिक आईतवार गौरा पर्व तथा संस्कृतिक कार्यक्रमको आयोजना गरेकाछ ।
जन्मभूमि सुदूरपश्चिम भएपनि कर्मभूमि मलेसियालाई बनाउदै आएका सुदूरपश्चिमका दाजुभाईहरुका दुख कष्टमा सहयोग पुञ्याउन र आफ्नो मौलिक कला, संस्कृतिहरुको जर्गेना गर्न स्थापना गरिएको समाजले हरेक बर्ष जस्तै यस बर्ष पनि गौरा पर्वको अवसरमा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिनेश खड्का, खप्तडिले बताए ।
उक्त कार्यक्रमका लागि नेपालबाट आउने कलाकार देखी अन्य स्थानिय कलाकारहरुको सम्म टुंगो लागिसकेको सुदूरपश्चिमेली नेपाली समाज मलेशियाले जनाएकोछ ।
सो कार्यक्रममा चर्चित तथा लोकप्रय डेउडा गायक जे आर भट्ट, सुरेश चोखाल, कैलाश साउँद (रङ्गबाज) मोडल डेविट घिमिरे (देवराज) गायक अर्जुन कुँवर, कर्ण बि एम, लोकदोहरी तथा देउडा गायक धर्मेन्द्र गड्तौला, डान्सर हरु क्रमश अमृता मुक्तान, प्रिया तामाङ, प्रमोद तामाङ, कृष्ण थापा, सरोज थामि, पुर्णीमा लिम्बू, जंग कार्की, सम्झना कुँवर,अभय बिश्वकर्मा,लगाएत अन्य थुप्रै स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने उनले बताए ।
कार्यक्रम नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका राजदूत महामहि डिल्लीराज पौडेलको प्रमुख अतिथिमा मलेसियाको क्वालालम्पुर स्थित होटल ग्रान्ड क्यान्टिनेटलमा बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म हुने सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का, खप्तडिले जानकारी दिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथीका लागि नेपालीका लागि नेपाली राजदुतावास मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेललाई आज नेपाली दूतावास गएर निमन्त्रणा गरिएको समाजका अध्यक्ष खड्काले बताए ।
सोही क्रममा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का, खप्तडिको नेतृत्वमा मलेसिया स्थित नेपाली दुतावास गएको समाजको टिमले मलेसियामा नेपाली श्रमिकहरुले भोग्दै आएका समस्याहरुलाई समाधान गर्नको लागि आवश्यक पहल र समन्वयका विषयमा राजदूत पौडेलसँग औपचारिक छलफल समेत भएकोछ जनाएकोछ ।
कार्यक्रममा मलेसियाका क्रियासिल संघ संस्थाका प्रतिनिधि, बिभिन्न पेसामा आबद्ध रहेका समाजसेवी, राजनितिक दलका प्रतिनिधि, पत्रकार, कलाकार र व्यवसायि लगायतको सहभागीता रहने आयोजक सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले जनाएकोछ ।
यस्तै उग्रतारा रेष्टुरेन्ट कोतारिया, न्यू उग्रतारा रेष्टुरेन्ट सेरेम्बान, वरपिपल रेष्टुरेन्ट केलाङ, दिप ज्योति रेष्टुरेन्ट कोतराया, डे काष्ठमण्डप बुक्ति बिन्ताङ, राजा इन्टरप्राइजेज सेनाई जोहोर कार्यक्रमको प्रायोजक रहेका छन्। भने यसैगरी मिडिया पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक, टिभि टुडे एच. बि टेलिभिजन काठमाडौं, बारा दैनिक, मलया खबर, नेपाल जनता खबर, गन्तव्य खबर, संदेश प्रवाह, हिमाल टाईम्स खबर, आगमन खबर, हिरो नेपाल खबर रहेका छन्। भने समाजका उपाध्यक्ष पुर्ण बहादुर विष्ट र जोहोरबारु उपसचिव कपिल बोहोराले कार्यक्रम सन्चालन गर्नेछ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …