तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैरआवासीय नेपाली संघ आइसीसीका उपाध्यक्ष एवम् एनआरएनएको अध्यक्ष पदको प्रत्याशी उम्मेदवार महेश कुमार श्रेष्ठले एनआरएनए मलेसियालाई सेल्टर हाउस व्यवस्थापनको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने साथै केन्द्रबाट १० करोड रुपैयाँको सहयोग ल्याउने प्रतिबद्दता गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठ र एनआरएनए अमेरिकाका निवर्तमान बरिस्ठ उपाध्यक्ष कृष्ण जेबी पन्त बिच एनआरएनए मलेसियाको सभा हलमा भेटघाट तथा गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनको बारेमा छलफलको क्रममा श्रेष्ठले सेल्टर हाउस व्यवस्थापनको लागि ५ लाख रुपैयाँ ब्याक्तिगत सहयोग गर्ने साथै केन्द्रबाट १० करोड रुपैयाँको सहयोग ल्याउने प्रतिबद्दता गरेका हुन् ।

आज गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठ र एनआरएनए एनसीसी अमेरिकाका निवर्तमान बरिस्ठ उपाध्यक्ष कृष्ण जेबी पन्त बिच एनआरएनए मलेसियाको सभा हलमा भेटघाट तथा गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनको बारेमा छलफल भएको थियो ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदको प्रत्याशी उम्मेदवारी हुन्। भने कृष्ण जेबी पन्त गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को सचिव पदका प्रत्याशी उम्मेदवारी हुन् ।

उनीहरु गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन तथा गैर आवासीय अन्तर्राष्ट्रिय सम्मेलन नजिकिए संगै महेश कुमार श्रेष्ठ र कृष्ण जेबी पन्त एनआरएनएको अभियानमा युरोपियन मुलुक मध्यपूर्व एसिया प्यासिफिक हुदै आज कुवेतदेखि छलफल र भेटघटका लागि मलेसिया आएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …