तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेमराज उपाध्याय

       आमा  बोलन

आमा ! किन हामीमा यत्रो अन्तर
एउटै कोख , प्रेरणा ,भोगाइ एउटै
तिमी भित्र पाएको पबित्र संस्कार  एउटै
भनन् आमा ! आज , बोल्नै पर्छ तिमी ।।

तिमी जननी हौं , तिम्रो गुन्यु च्यादै छ्न ,
तिम्रो परेली  बेच्दै छ्न, कलेजी थिच्दै छ्न ।
तिम्रो मुटु दुच्छरको नृत्य आगन बनेको छ ,
जहाँ भाइलाई काधको सट्टा बलि दिइन्छ ,
बहिनीलाई ढोग्नुको सट्टा बारस्त्री बनाइन्छ ।।

त्यो स्वच्छ सुन कोशीको जल पिएको ऊ,
आफ्नै भाइबन्धुको रुधिर पिउदछ ।
चुरेको पारिलो घाम तापेको ऊ ,
आफ्नै परिवारको श्मशानमा आनन्दी छ ।।

आमा ! तिम्रो ममतामा रत्तिभर छैन अन्तर ,
हरियो भूषण ,दुस्मन थिच्ने पाषाण दिएकी छौँ ,
आमा ! तिम्रो दृष्टिले,
दौँतरीको त तक्दिर समेत कोर्दछ ।।

आमा ! यो आजको परिवेशमा,
कर्णाली खोचमा गुन्जिने कोइलीको  स्वर,
शिवपुरीको फेदीमा कौवाको बनेको छ,
ब्रह्माण्डको चुचुरोको बस्त्र समेत फुकाली
झुत्राचिथिरा बस्त्रको स्तम्भ ठडिएको छ ।।

आमा!  किन हामीमा यत्रो अन्तर
कोहि करुणाका खानी , कोहि  मातृ भारी ,
आमा ! साच्चै फूलको थूँगाको महत्त्व
केशको गुच्छ्मा सिउरिने ती चाँदनीलाई  केथा,
भवँरा र माहुरी भए पो थाहा हुन्थ्यो ।।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …