राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १५ वर्ष देखी ४० वर्ष सम्मका नागरिकलाई युवा मानिएको छ । मानिसको यो उमेर वलिस्ठ, श्रृजनशील, निर्भिक, जोशिलो जिज्ञासु र कल्पनाशील हुन्छ त्यसैले युवा परिवर्तन, विकास सम्वृद्दि, सामाजिक न्याय, शुशासनको लागि भरपर्दो जनशक्ति हो ।
तर आज यो शक्ति देशको राजनैतिक अस्थिरता र वेथिति देखेर आफ्रनो भविष्यका वारे चिन्तित हुन थालेको छ । पटक पटक अग्रमोर्चामा रहेर यो वर्गले सदाचार, जवाफदेहिता, न्याय,विधिको शासनका लागि दवाव र प्रदर्शन गरेता पनि शासक तथा राजनेताहरुमा दायित्व वोध हुनु त कता हो कता अझै,व्यक्तिवादी, संकुचित, अभिमानी हुदै गैरहेकोले अव वँहाहरुको परीक्षण र प्रतीक्षाको लामो घडी गुज्रिसकेको छ । यसर्थ अवको नेतृत्व युवाहरुले लिने हिम्मत गर्ने वेला भएकोले आउनुहोस यसवारेमा वहस गरौं ।
विकास, सम्वृद्दि, सामाजिक न्यायका लागि यो देशमा भएका सवै आन्दोलनहरुमा युवाहरुको सकृय भूमिका रहेको छ । खासगरी दोश्रो जनआन्दोलन पछिको संविधान सभाको निर्वाचन र त्यस पछिको निर्वाचनहरुमा धेरै युवाहरुले जितेर नआएको पनि होइनन तर त्यँहा युवा सांसदहरुले आफ्रनो भीजनलाई राष्ट्रिय कार्यक्रममा समावेश गराउने र नेतृत्व लिने भन्दा पनि पार्टीको ह्विपमा सीमित हुन पुगे ।
अहिलको संसदमा पनि प्रभावशाली युवा साँसद तथा नेताहरुको उपस्थिति छ तर उनीहरु पनि एउटा खेमामा रहेर सुरक्षित हुने तर आफ्रनो क्षमतालाई प्रदर्शन गर्न हिम्मत गरिरहेका छैनन । पार्टीमा अलिनै प्रभावशाली हुन लाग्यो कोही भने त्यस्ता युवाले आँफुलाई उछिन्छ कि भन्ने चिन्ता लाग्छ शीर्ष नेतालाई र उसलाई हरतरहले पाखालगाउने काम भैसक्छ । युवाहरुमा पाकोपन हुदैन भनेर पनि नेतृत्व गर्ने अवसरबाट तर्काउने गरिन्छ ।
पद पाएकाहरुले कुशल नेतृत्व दिएर समग्र देश विकासको गतिलाई तिव्रता दिन पनि नसक्ने, अर्कोलाई अवसर पनि नदिने वरु अनेक तिकडम गरेर भएपनि पदमा रहने लुच्चो चरित्र देख्न वाध्य छन नागरिकहरु । देख्नेहरु वरु थाकीरहेका हुन्छन तर म रुचाईएको छैन भनेर वुझ्रन नसकेर ७०।८० वर्षको उमेरमा पनि सकृय पदमा टासिईरहनु नेपाली राजनीतिको नियती भैरहेको छ । न्यायको पक्षमा उभिनुपर्ने कतिपय युवाहरु नै पनि आँखा चिम्लेर नेताको जस्तोसुकै कदमलाई साथदिने प्रवृत्ति समेतले गर्दा अहिले राजनीति प्रति नागरिकहरुको मोह भंग भैरहेको छ । त्यसो भए नयाँ सोच भएको दुरदर्शी, र सवैलाई समेट्रन सक्ने उदार चित्त भएको देश हाक्ने नेताको प्रतीक्षा कहिले सम्म गर्ने ?
अहिले हामी कँहा हजारौ युवा डाक्टर, इन्जीनियर, विज्ञान विज्ञहरु, आइटी विशेषज्ञहरु, लयर्सहरु, मैनेजमेन्टमा डिग्री
गरेकाहरु, राजनीति शास्त्रमा स्नाकोत्तर गरेका र यस्तै देशलाई आवश्यक पर्ने विभिन्न विधामा स्नातक गरेका युवाहरु प्रशस्त छन् र कसैको औपचारिक डिग्री नभएपनि व्यवहारबाट पाको भएका आईपरे जस्तो जिम्मेवारी पनि सम्हाल्न सक्ने युवाहरु पनि प्रशस्त छन् । हो हामी कँहा पढेलेखेका युवाहरुले राजनीतिमा लागेर आफ्रने करियर देख्दैनन र अभिभावकले पनि सकेसम्म यता लाग्न मनाही गर्ने चलन छ, किनभने राजनीति फोहोरी खेल हो भन्ने वुझाईछ ।
युवाहरुको वहुमत भयो भने उनीहरुले राजनीतिलाई मर्यादित र आकर्षक वनाउन सक्नेछन यसैले अव पढेलेखेका डाक्टर इन्जिनियर समेतका शिक्षित युवाहरुले राजनीतिमा प्रवेश गरेर सेवा गर्ने हिम्मत गर्नु पर्दछ । प्रशिद्द अमेरिकी लेखक स्वेट मार्डेनले भनेका छन एउटा आर्कीटेक्चर इन्जिनियरले नै राम्रो घर र पुर्वाधार निर्माणको चित्र मनमा देखीरहेको हुन्छ । एक कल्पनाशील शिक्षित नागरिकले नै जोखिम मोलेर राष्ट्रको हित र जनताको हितमा नयाँ नयाँ निर्णय लिन सक्दछ, परिकल्पना गर्न सक्दछ र कार्यान्वयन गर्न सक्दछ । युवकले नै युवाको मर्म, आजको आवश्यकता र नवीन प्रविधिलाई आत्मसात गर्न सक्दछ ।
शुसिक्षित संस्कारवान विद्रवान नागरिकले नै देशको उच्च ओहोदाको गरिमा प्रदर्शन गर्न र राष्ट्रको प्रतिष्ठा कायम राख्न सक्दछ । यसो भन्दैमा वरिष्ठ नेताहरुलाई स्थान नै नदिने भन्ने होइन वँहाहरुको हाल सम्मको योगदानको उच्च प्रशंसा गर्दै र वाँहाहरुको राम्रा अनुभव र सल्लाह लिएर काम गर्ने परम्परा सुरु गर्नु पर्दछ । यो सत्य हो कि, ७०।८० वर्षको उमेर पछि मानिसमा आफ्रा कुराहरुलाई वढी जोड दिने चलन हुन्छ, मैले जीवनमा यो गरें,त्यो गरें फलानोले मेरो समर्थन गर्यो विरोध गर्यो त्यसैले यो उमेरको राजनीतिको केन्द्र देश र जनता नभएर आँफु, आफ्रनो पद आफ्रनो प्रतिष्ठा आदिमा केन्द्रित हुने गर्दछ । कतिपय वरिष्ठ आदरणीय राजनेता महानुभावहरुमा यस्तो नहोला तर यो मानिसको वुढ्रयौलीको औषत स्वभाव हो । सायद यही कारणले होला देशको निजामति जंगी शिक्षा सेवामा उमेरको हद ५८।६० वर्ष कायम गरिएको छ ।
न्यायाधीशहरुको पनि ६५ वर्ष सम्मको उमेर हद राखिएको छ । त्यसैले राजनीतिक नेतृत्व गर्नेहरुको पनि उमेर हद किटानी गर्ने राम्रो हुन्छ र सायद वढीमा ६५ वर्ष धेरै ठीक होला । त्यसै गरि जसरी एउटा कार्यालय सहयोगीको पनि शैक्षिक योग्यता तोकिन्छ भने राजनैतिक पदको लागि पनि पद अनुसारको निम्नतम शैक्षिक योग्यता तोकी दिने हो भने राजनीति, फलदायी र मर्यादित हुनेछ । यसो गरियो भने युवाहरुको राजनीतिमा प्रवेश वढ्रने छ ।
भनाई छ कि अधिकार मागेर पाइन्न । केन्द्रीय राजनीतिको ओहोदामा जमेर वसेको पुरानो वर्गले यत्तिकै युवा वर्गका लागि स्थान दिनेछन भनेर विश्वास गर्न सकिने अवस्था अहिल्यै त देखिदैन तर हरेक पार्टीमा स्थानीय तह देखी केन्द्र सम्म युवाहरुले जिम्मेवारी लिन दवाव दिइनुपर्दछ । यसका लागि युवाहरुले नेतृत्व कलाको विकास गर्न, संगठन गर्ने, सम्पर्क वढाउनको लागि समय दिनुपर्दछ अवबाटै । आजको हरेक युवामा देशको संविधान नियम कानूनका वारे ज्ञान हुन र राम्रो आचरण, न्यायिक भावना हुन आवश्यक छ र नेतृत्व गर्ने युवामा अझ धेरै । हरेक युवाले जो जहाँ छ त्यँहा रहेर देशको सेवा गर्ने संकल्प गर्न आवस्यक छ ।
यसरी हरेक दलमा युवाहरुले राजनैतिक पदहरुमा कम्तिमा ४० प्रतिशत सम्मको स्थान ओगट्रन सक्ने हो भने राष्ट्रिय राजनीतिको गति तेज हुने छ । जुनसुकै दलबाट जितेर गएपनि केन्द्रीय तहमा पुगेपछि सवै युवाको वलले युवलाई नै देशको कार्यकारी पदमा आशीन गराउने सल्लाह मिल्न सक्छ । हालको राजनैतिक परिदृश्य हेर्दा कमसेकम १ वर्ष भित्रै केन्दीय संसदको निर्वाचन हुने सम्भावना रहेकोले यही निर्वाचनमा धेरै युवाहरुलाई सांसदमा जिताएर नेतृत्व गर्ने लक्ष सहितको अभियानलाई तेज गर्ने हो भने सफल हुने धेरै संभावना छ । तव वर्षौ देखीको सुखी धनी र बिकसित वन्ने हाम्रो चाहना चाँडै पुरा हुनेछ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …