तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल (वालिङ- मिर्दी, स्याङ्जा)

भागवत महापुराणका अनुसार,   द्वापर यूगमा पृथ्वीबाट भगवान श्री कृष्ण जव आँफ्नो स्वधाममा फर्कनु भयो तव यस लोकबाट सत्य, धर्म,धैर्य, प्रेम,करूणा,कृति र वस्तु अन्न धनसम्पत्तिकी देवी लक्ष्मी पनि साथमै गइन। अर्जुन जस्ता न्यायपृय धनुर्धरहरू पनि कमजोर हुनथाले र आँफ्नै आश्रित महिला वालवालिकाको रक्षा गर्न पनि असक्षम हुन थाले, सन्त महापुरूषहरूको योग वल क्षिण हुन थाल्यो, कृष्ण भक्तहरू गोपिनिहरू विरहले जल्न थाले, पृथ्वीबाट रस र माधुर्य हराउन थाल्यो, मानिसहरू मात्र होइन जीव जन्तु, कीट पतंगहरू र वनस्पति समेत कृष्ण संगतिबाट धन्य महशुस गर्दथे ती सवै सुस्ताउन र ओइलाउन थाले । 

मानौ अहिलेको समाज र कृष्णको स्वधाम गमन पछिको कथा करिव करिव मिल्दो देखिन्छ । अहिले धेरै मानिसहरू उदास र निराश भएको पाउँछौ, सवैको मन जलिरहेको जस्तो देखिन्छ । कोही अभावको पुर्ती, त कोही रोग व्याध र अनेकन कष्टबाट मुक्ति, कोही मान पद सम्पत्तिको पुर्ती त कोही संग्रहित धन,मानको रक्षार्थ अधीर भएर कुंदेको देखिन्छ र वाहिर जसरी देखिएपनि मेरो विचारमा अन्तर्यमा प्रेमको अभावले गर्दा यस्तो हुन गएको हो । 

स्वधाम गमन गरिसकेकेा भनिएका भगवान कृष्ण वा वुद्द वा राम, यहोवा,वा अल्लाह वा सन्सार चलाउने प्रेरक तत्व जसलाइ एक्जिस्टेन्स वा अस्तित्व पनि  भनिन्छ जो अहिले पनि हामी भित्रै मौजुद छ र पो सन्सार अविरल चलिरहेकेा छ । मैले अहिले २।४ अक्षरहरू कोर्दैछु उसैकै प्रेरक तत्वले । त्यही प्रेरक तत्व प्रेमको मूल पनि हो र सार्वभैम उर्जाकेा श्रेात पनि ।यस जगतमा देखिने  आधी अधुरा प्रेमका तरंगहरूकेा श्रेात पनि यही अस्तित्व हेा र यसैले गर्दा धेरथेार  वाँच्ने अशा अहिले पनि जागीरहेकेा छ र काम चलाएकाछैां। 

येा त अस्तित्वमा रहने प्रेमकेा हिसावले १०० वटा १ पनि हेाइन । जुन शक्तिले वनस्पति रूखले   फल मुल घासपात अन्न दिन्छ फलाउँछ दिन्छ, पृथ्वी अन्न उव्जाउन सक्छिन, पानी िदन सक्छिन, ग्रहण गर्न सक्छिन,त्यही शक्तिले हाम्रो शरीर चलीरहेको छ ,त्यही शक्तिले वायु संग स्पन्दन शक्ति छ र सुर्य संग ताप र प्रकाशको शक्ति र पानी संग द्रव्यता । हामी तिनै  चीजहरूको संयोगको एक थुप्रो  हौ, यस हिसावले उनीहरु हाम्रा जीवन दाता नै हुन र ती चीजहरुको संयोजक पनि त्यही  अस्तित्व हो र बिघटन कर्ता पनि उही, यसैले यी सवै प्रति हामी ऋणी छौ । फ्रान्सेली दार्शनिक दे कार्तले भने जस्तै -हाम्रो शरीर एक मशिन हो- जसमा धेरै चीजहरूको मेल र सामान्जस्यता हुन्छ । मानिसरूपी यस मेशिनमा अस्तित्वको प्रकटिकरण भैरहने वेला सम्म जीवित रहन्छ । 

जवसम्म हामीमा उ प्रकट भैरहन्छ तव सम्म हामीले आँखाले सन्सार हेर्ने सोभाग्य पाइरहन्छौं, कानले सन्ने र नाँकले सुघ्ने, छालाले स्पर्ष गर्ने र रकेट भन्दा चाँडो उडेर विचरण गर्न सक्ने मन पनि पाइरहेका हुनेछौं ।  यो भन्दा ठूलो दाता को होला जसले सन्सारमा वाँच्ने र भोग गर्नै अवसर प्रदान गरेको छ । अस्तित्वको तुलनामा हामी कति कमजोर छौं उसले चाहेन भने वाहिर फेरेको सास फेरी भित्र फर्कन पनि पाउँदैन र सन्सारबाट विदा भैसक्छौं । 

यसर्थ हरेक  श्वासको मुभमेन्ट हाम्रो दाता हो र यसको हरेक क्षणलाई गोचर गरिराख्ने हो भने उसको कृपाको आभास हुन्छ र प्रेमको अभिर्भाव पनि । तव उसलाइ जतिवेला पनि धन्यवाद दिइरहन मन लाग्छ, तर हामी कति कन्जुस छौं कसैले ससानो उपहार दिदा धन्यवाद दिन्छौं तर जीवनदातलाई धन्यवाद दिइरहेका हुदैनौ । यो मुमेन्टलाई विर्सदै र विराउदै जानु भनेको नै जीवन व्यर्थमा  गमाउदै जानुहो, जो संग अवसाद, र पोलीरहेको मन मात्र हुन्छ । अहिले भएको यहि हो यसैले गर्दा हामीमा भ्रम निरासा छ र रूग्ण जीवन बिताइरहेका छौ। 

जव हामी यो श्वासको मुवमेन्टलार्इ फेला पाछौं र यसलई टिकाउन सक्षम हुन्छौ हाम्रा नखरापन,अधीरता,अवशाद, निरासा,  भ्रम, निरसता शान्त हुन थाल्छ र हामी जता पनि प्रेमको प्रशारण, अस्तित्वको फैलावटलाई देख्न थाल्छौ जसरी गोपीनीहरुले कृष्णलाई भेटेपछि शान्त हुन्थे । जसरी राक्षसको वध गरि रगत खाएर उन्मत्त भै सवैलाई तरवारले वध गर्न उध्यत भएकी माता चन्डीले भगवान शिवलाई भेटेपछि तत्क्षण शान्त भएकि थिइन । मेरो विचारमा हामी हरेक जीव खासगरि मानव जाति कृष्णको अवतार हौं, रामका अवतार हौं किन भने हामीलाई उनी जस्तै वन्न सक्ने सौभाग्य प्राप्त छ, आवस्यकताहो हाम्रो जिज्ञासा अभिलाषा र त्यता अभिमुख गर्ने गुरुको । 

मेरो विचारमा हामीले हरेक दिन नयाँ जीवन पाइरहेका हुन्छौं, किन भने हामी वेहोश हुदा र निदाउदा पनि अस्तित्व हामीमा उत्रिईरह्यो , शास फेराएर वचाउने कृपा गरिरह्यो, उसको कृपाले फेरी आज अर्को दिन देख्न पाइयो, के थाहा फेरी जन्मन पाइन्छ पाइदैन । 

यसर्थ यो जीवनको एक एक स्वासको महत्व छ, किमती यो क्षणलाई थाहापाउनबाट नगुमाऔं, जीवन पाउनुको मज्जा थाहा तव पाइनेछ, सन्सारको सम्राट हुदा के मजा आउला र जव आँफ्रनै ह्रृदयको सम्राट भएको महशुस हुनेछ । यो  आनन्दको अगाडि धन सम्पत्ती मान प्रतिष्ठा तृण वरावर हुनेछ तर त्यसको आवस्यकतालाई पनि स्वीकार गरिन्छ । जसरि कृष्ण पुथ्वीमा छदा माधुर्यता र जीवन्तता थियो, माथि भनेजस्तै हरेक स्वासको मुभमेन्टलाई पक्रन सक्ने दिनमा, आत्म रमण गर्न सक्षम भएपछि कृष्ण यसै धाममा भएको अनुभूति गर्न सकिने छ । कुनै समय मिलाएर श्रम बिहिन भइ ध्यान र चिन्तनबाट आफ्नै  आत्माको धाममा स्थित रहन सक्नु नै कृष्णको स्वधाम गमन जस्तै नै हो भन्दा अतिरन्जना नहोला !

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …