मलेसिया । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ मलेसियाले तिज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार मलेसियाको क्वालालम्पुर स्थिति केएलमा
एनआरएनए मलेसियाको आफ्नै कार्यलयको भवनमा तिजको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।
संघका अध्यक्ष विनोद थापको अध्यक्षतामा र नेपाली राजदुतावास मलेसियाका कार्यबाहक राजदूत मोती बहादुर श्रीस प्रमुख अतिथि, विशिष्ट अतिथि श्रम सहचारी प्रकाश पन्थी, बिशेष अतिथि नेपाली दूतावासका तृतीय सचिव अस्मीता न्यौपाने, विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव रहेका थिए ।
त्यसैगरी अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय संघका अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष कमल गौतम समेत रहेका थिए ।
त्यस्तै एफजी मलेसियाबाट पुरुषोत्तम कडेल, जिपिएल मनि ट्रान्सफरका ईन्द्र गिरि, हिमाल टाईम्स अनलाईका डायरेक्टर इश्वर राई, मलेसिया खबरका सम्पादक घनस्याम चौधरी, (RN) आगमन खबरबाट यज्ञ कुमार राई लगायत मलेसिया रहेको नेपाली दिदीबहिनी दाजुभाइ व्यावसायिक हरुको सहित बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा नेपाली राजदुतावासका कार्यबाहक राजदू मोती बहादुर श्रीसले नेपालबाट हामी बाध्यताले धेरै टाढा छौं हामी जहा जहा भए पनि आफ्नो धर्म संस्कृति परम्परा जगणा गर्दछौं र त्यो जगणा गर्ने काम जुन गैर आवासीय नेपाली संघले यस अवसरमा कार्यक्रम गरेको यो सराहनीय छ । यस्तै मलेसियामा विभिन्न संघ संस्थाहरु छन् उहाँ हरुले आफ्नो आफ्नो भुमिका निर्वहा गर्नुभएको छ । भन्दै मलेसियामा रहेको नेपाली दिदी बहिनी लगायत सम्पूर्णलाई तिजको शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि नेपाली दूतावासका तृतीय सचिव अस्मिता न्यौपाने, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव खगेन्द्र न्यौपाने, अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, र हिमाल टाईम्सका डायरेक्टर इश्वर राई, लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाका महासचिव रन्जित क्षेत्रीले संचालन गरेका थिए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …