क्यानाडा । हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा भ्यानकुभरको आयोजनामा हरितालीका तिज साथै पञ्चमी पूजा कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिरमा हरितालीका तिजको अबसरमा मन्दिर बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म खुला गरि तिजको कार्यक्रम एवम हिन्दू धर्मलम्बीनारिहरुले पञ्चमी पूजा गर्ने अबसर प्रदान गरेको मन्दिरका अध्यक्ष मधुसूदन आचार्यले आगमनखबरलाई जानकारी दिनुभयो ।
पूजा कार्यक्रममा इच्छुक भक्तजनहरुका लागि विहान दश बजे देखि मन्दिर उपस्थित हुन असमर्थहरुका निम्ती जुम भर्चुअल समेतको ब्यबस्था गरि सन्चालन गरिएको कार्यक्रममा सयौभक्तजनहरु सामुहिक रुपमा सहभागि जनाइ पूजा सम्पन्न गरेको आचार्यले बताए।
सामुहिक पूजामा भाग लिन असमर्थ भक्तजनहरुले आफ्नो समय निकाली विहान देखि बेलुका सम्म मन्दिरमा दर्शन गरेका थिए । विहान, दिउंसो र वेलुका दिनभरी नै तिजका गितहरु घन्कीएको थियो र महिलाहरुले अति आनन्दका साथ नाच गान गरी भव्यरुपमा नेपालीहरुको एक महान पर्व तिज आफनै मन्दिरको प्राङ्णमा मनाएका थिए ।
मन्दिरमै बनाएको प्रसाद दिउसो देखि रातीसम्म बितरण गरीएको थियो । सहभागिहरुले नेपालमा भन्दा पनि अति हर्षोल्लासका साथ तिज यो कर्मभूमिमा मनाउन पाइएको र नेपाली संस्कृती चाड मान्न पाइएकोमा आयोजक सबैलाई धन्यवाद दिएका थिए ।
मन्दिरमा कृष्णअष्टमि पर्वको दिनमा पनि विभिन्न पूजा अर्चना भजन गरी मनाइएको थियो । विगत केहि बर्ष देखि शिवरात्री महोत्सव, रामनवमी महोत्सव, दशैंमा आमा बुबाहरुबाट टिका, तिहारमा देउसी भैलो, बुद्ध जयन्ती, ध्यान योग शिवीर आदि विबिध चाडपर्वहरुको कार्यक्रम आयोजनागरी मनाउदै आईरहेको छ ।
मन्दिर संचालकले वेला वखतमा विभिन्न जानकारी मूलक सभा, गोष्ठि, वर्कसप आदि कार्यहरु पनि हुंदै आएको छ ।हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा संस्था क्यानडामा च्यारिटी रजिस्टर्ड संस्था सन् २०१६ मार्चमा स्थापना गरि मन्दिर स्थापना गर्ने जग्गा सहितको भवन किन्ने कार्यमा सबै एकजुटभई अगाडि बढी सन् २०१८ जूलाईमा केहि २५ प्रतिशत अग्रिम भुक्तानी गरि मन्दिरको भवन खरिद गरिएको आचार्यले बताए ।
समुदायको स्वयंसेवा र दातृहरुको सहयोगमा मन्दिरको मर्मत सम्भार गरी माथिल्लो तल्लामा मन्दिर र तल्लो तल्लामा विविध कार्यगर्ने हल निर्माण गरिएको छ ।
मन्दिरको ऋण ४ लाख पचास हजार डलर बाँकी भएकोले सबै क्यानडा तथा संसारभरि रहनु भएका नेपाली दाजुभाईहरु दिदीबहिनीहरु सबैमा यथाशक्य सहयोगगरी नेपालीहरुको पहिचान र गौरव गर्न सक्ने साझा थलोको निरन्तरता र बृद्धिका लागि सहयोग गरि पुन्य कमाउनु हुन मन्दिर संचालकले अपिल गरेको छ ।
सहयोगका लागि क्यानडाबासीहरुका लागि इट्रान्फर मार्फत
[email protected] मा पठाउन सकिने समितीले जनाएको छ
क्यानाडा भित्र तथा क्यानडा बाहिर अन्यत्र कुनैपनि देशमा बस्नुहुने इच्छुक सहयोगको लागि संस्थाको वेवसाइट hbfcanada.org मा गई डोनेट वटन थिची पेपालबाट दान गर्न सकिने छ ।
दानगरेको रसिद सबैलाई इमेलबाट पठाइने छ र क्यानडाबासीले उक्तदानको रकम ट्याक्समा क्लेम गर्न सकिने समितीले जनाएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …