तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. केदार कार्की (सेवा निवृत्त बरिष्ठ पशुचिकित्सक)

काठमाडौँ। आज हामी जुन युगमा बाँचि राखेका छौं यदि यसलाई प्लाष्टिक युग भनियो भने अतीशयोकती हुने छैन किनभने आज घर घरमा पसलहरु, कार्यालय विहे वारी तथा अन्य आयोजनाहरु अस्पतालहरु बस बिसौनी रेल्वे स्टेशन आदि ठाउँहरुमा पोलोथीन झोलाको प्रयोग प्रचुर मात्रामा भई रहेको छ जस्को अत्यधिक उपयोगले न केवल पशुहरुको मृत्युको कारण बनी राखेको छ वरु मानव स्वास्थ्यमा पनि प्रतिकुल प्रभाव पारी राखेको छ ।

पशुहरु खाद्यय पदार्थलाई अखाद्यय बाट छानेर छुट्याउन असमर्थ हुन्छ जसले गर्दा खाद्यय सामाग्री सँगै पोलोथीन कागज, लुगाफाटो टांक सियो किल्गकाट आदि ग्रहण गर्दछन् । यो समस्या बाहिर चर्ने पशु स्वामी रहीत छाडा पशुहरु एवं शहरहरुमा बढी पाइन्छ । पोलोथीनका झोलाहरु पशुहरुको पेटमा विस्तारै जम्मा भएर तथा एक आपसमा अल्झीएर भकुण्डो वा डोरीको रुप लिन्छन् । जस्ले गर्दा पशुहरुको पाचन क्रियामा प्रतिकुल प्रभाव पर्न थाल्दछ । पशु निरन्तर शारीरिक रुपमा कमजोर हुनुका साथै दुध उत्पादन घटेर जान्छ । अन्ततः पशुको अकाल मृत्यु हुन्छ । यस समस्या बाट बच्नका लागी मानिसले पोलोथीन झोलाको उपयोग बारे आत्ममंथन गर्नु पर्ने छ ।

पशुले किन पोलोथीन झोला खान्छ पशुहरुको शरीरमा खनीज तत्वहरुको कमी भएमा पशु मालीक द्वारा अपर्याप्त दाना आहार दिनु चर्न छाडा छाडनु पोलोथीनको झोलामा घरेलु तथा भान्साको राखेको फाल्नु मुख्य कारण पशुहरुमा पोलोथीन झोला निलेपछि पर्ने प्रभावः जब पशु सडकहरु गल्लीहरु तथा टोलको बाहिर फयाकेको फोहर मैला लुगाफाटो टांक सियो किला कांट फलफुल तरकारी तीनको ब्रोक्रा आदि खान्छन् अनी यीनलाई ट्रोमेटिक रेटिकुलाइटीस हुन्छ जस्ले गर्दछ ज्वरो आउने पेट दुख्ने दिशा गोटा पर्ने धनुषको जस्तो कम्मर तथा पुनरावती रुपमा हल्का आफरा हुने गर्दछ ।

पोलोथीन थैलोमा गाठो पारेर फयाकेको पदार्थ समय को साथ सडदै गल्दै गरेका हुन्छन् । यी सडेगलेका बस्तु संगै पशुले पोलोथीन थैला निल्दछन् । जस्ले गर्दा गम्भीर विषाकता तथा पाचन तन्त्रका विभिन्न समस्याहरु जस्तै झाडा पखाला आंऊ तथा जुका पर्ने वाट ग्रस्त हुन्छन् । पोलोथीनको थैला पशुको ग्रास नलीकामा अडकिएमा ग्रासनलीका मार्ग अवरोध हुन सक्छ । फोकसोबाट कुचीत तथा श्वास तीव्र गतीमा हुन्छ । तथा शरीरको विभिन्न भागमा अडसीजनको आपुर्ती कम भएर जान्छ । पशुले समयमा उपचार नपाए मृत्यु वरण गर्न पुग्दछ ।

बचाउ ता उपचारः सर्वप्रथम जनसमुदायलाई पशुहरुमा पोलोथीन थैलाबाट पर्ने दुष्प्रभाव वारेमा जागरुक गराउनु पर्दछ । सबै खाले पशुलाई यस्को दुष्प्रभाव बाट बचाउनु पर्छ तथा यस्को बचाव नै उपचारको सर्वोत्म तरिका हो । गृहीणीहरु द्वारा फलफुल तथा साग तरकारीका वोक्रा भान्साको छयान तथा घरको फोहर मैला पोलोथीन थैलोमा फाल्नु हुदैन । जथाभावी वाटा गल्लीमा बजारवाट सामान ल्याउन राख्नका लागि पोलोथीन थैला को साटो जुट मा लुगाको झोला उपयोग गर्न प्रोत्साहित गरीनु पर्दछ ।

गाउँ पालिका नगरपालिका नगर परिषद् नगर निगमले पोलोथीन तथा अन्य फोहर मैलाको लागि यथा संभव ठाउँ यकिन गर्न तथा तीनको बैज्ञानीक तरिकावाट निस्तारीत गर्नका लागि स्थायी समाधान हुनु पर्दछ । पोलोथीन थैलालाई कानुनी रुपवाट पुर्णतया प्रतिवन्धीत गरीनु पर्दछ र यस्को साटो अरु विकल्पको खोजीनु पर्दछ । आज स्थीती यो छ बेला बेला मा पोलोथीन माथी प्रतिबन्ध लागएको कुरा चले पनि सबै जसो सार्वजनिक ठाउँमा पोलोथीनको थुप्रो लागेको भेटिन्छ । अतः सरकारले गरै कानुनी तरीका वाट पोलोथीन बनाउने उदगम स्थान फायक्ट्रीहरुमा नष्ट गर्नु पर्छ तथा जनसमुदायले सरकारलाई सहयोग गर्नु पर्दछ ।

पशुपालकहरुले आफ्नो पशुलाई त्यस्ता ठाउँमा चर्न दिनु हुदैन जहाँ पोलोथीन यक्त फोहर मैलाको थुप्रो लागेको होस । रुमीनोटोमी आपरेशन द्वारा पशुहरुको पोलोथीन निकालनु एक मात्र उपचार मानिन्छ जुन धेरै जटिल महंगो तथा धेरै पशुहरुमा गर्न सहज छैन । त्यसैले पशुहरुलाई पोलोथीन थैली खानबाट रोक्नु नै यस समस्याको सर्वोतम उपाय मानिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …